मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

जीवनबीमामा सरेन्डर र धितोमा कडाई, ऋण लिन ३ वर्ष कुर्नुपर्ने

बीमा समितिले बीमाको सरेन्डर गर्ने वा बीमालेख धितोमा राखेर ऋण लिने व्यवस्थामा कडाई गरिदिएको छ । एकल बीमा पोलिसीको विकृति रोक्न भन्दै समितिले यस्तो व्यवस्था गरेको हो । 

गण्डकी पोष्ट चैत्र २६, २०७७ बिहीबार
  • 656
    SHARES
  • जीवनबीमामा सरेन्डर र धितोमा कडाई,  ऋण लिन ३ वर्ष कुर्नुपर्ने

    काठमाडौं । बीमाले जीवनको सुरक्षा वा बचत मात्रै गर्दैन, बीमितको आर्थिक ब्याकअपको रुपमा समेत काम गरेको हुन्छ । बीमालेख धितोमा लिन सकिने ऋणलाई यस्तो ब्याकअपको रुपमा प्रयोग गर्दै आएका छन् । जुनसुकै समयमा दिन र तिर्न सकिने तथा यस्तो ऋणको ब्याज समेत सस्तो पर्ने भएकोले यसले बीमित तथा परिवारको सुरक्षा दिने काम गरिरहेको हुन्छ । 

    images

    तर, बीमा समितिले बीमाको सरेन्डर गर्ने वा बीमालेख धितोमा राखेर ऋण लिने व्यवस्थामा कडाई गरिदिएको छ । एकल बीमा पोलिसीको विकृति रोक्न भन्दै समितिले यस्तो व्यवस्था गरेको हो । 

    समितिले बिहीबार सबै जीवन बीमा कम्पनीलाई सर्कुलर गर्दै एकल बीमालेखलाई ३ वर्षसम्म सरेन्डर.नगर्न निर्देशन दिएको छ । यसअघि कम्तीमा दुई किस्ता भुक्तानी गरेपछि बीमाको सरेन्डर गर्न वा धितोमा राखेर ऋण लिन पाइने व्यवस्था थियो । 

    नयाँ बीमा कम्पनी आएपछि पछिल्लो समय बीमा कम्पनीहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढेको र एउटा बीमा कम्पनीमा सरेन्डर गर्न लगाएर बजार खोस्ने प्रतिस्पर्धा चलेको भन्दै यस्तो कडाई गरिएको हो । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार