शुक्रबार, कार्तिक २१ गते २०८३ Friday, 06 Nov, 2026
Follow Us on

Trending

हिजोदेखि हराएको तारा एयरको दुर्घटनाग्रस्त जहाज भेटियो

गण्डकी पोष्ट जेठ १६, २०७९ सोमबार
  • 386
    SHARES
  • हिजोदेखि हराएको तारा एयरको दुर्घटनाग्रस्त जहाज भेटियो

    पोखराबाट मुस्ताङका लागि उडेर सम्पर्कविहिन भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

    images

    मुस्ताङको मानापाथी हिमालको फेदीस्थित थासाङ गाउँ पालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा भेटिएको उद्धारमा खटिएका नेपाली सेनाको टोलीले जानकारी दिएको छ । त्यस क्षेत्रमा सेनाको हेलिकप्टर जाने तयारी भएको र मौसमले साथदिए यात्रुहरुको शव पोखरा ल्याउने तयारी भएको सेनाले जनाएको छ ।

    पोखराबाट बिहान ९:५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०:०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो ।

    विकट र उच्चक्षेत्रमा विमान दुर्घटनामा परेको र ठुलो आवाज आएको स्थानीयबासीहरुले जानकारी गराएपछि त्यस क्षेत्रमा हिजोदेखिनै खोजी कार्य तिव्र बनाइएको थियो । विमानमा दुई जर्मनी नागरिक, चार भारतीय नागरीक, १३ नेपाली नागरिक र तीन चालकदल सहित २२ जना रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार