जापानको ओसाकामा बाग्लुनका एक युवाको मृत्यु भएको छ। जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँ घर भई हाल ओसाकामा बस्दै आएका सालिकराम कँडेलको बिहिबार मृत्यु भएको हो । ३१ वर्षिय कँडेल दक्ष कामदार(कुक) भिसामा जापानमा एक बर्ष पहिले आएका थिए ।
कँदेलकी श्रीमति भने एक महीना पहिले मात्रै जापान आएकी थिइन् । आफ्नै कोठामा मृत फेलापरेका उनको आत्महत्याको कारण भने खुलेको छैन । मृतकका नेपालमा १ छोरी र १ छोरा भएको र उनीहरु हजुरआमासँग बस्ने गरेको जानकारी आएको छ । मृतक कँडेलको अन्तेष्टी मे २१ तारिख शनिबार ओसाकामै हुने बिहुँकोट समाज जापान कान्साई क्षेत्रिय समीतिले बताएको छ । अन्त्यष्टी शनिबार दिनको २ बजे Amagasaki shi yayoigaoka cho 1-1 मा हुने पनि समाजले जनाएको छ ।
(2).gif)
