मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

एनआरएनए जापानको आयोजनामा आगामी जुलाई ३० र ३१ तारिखमा टोकियोमा नेपाल फेस्टिवल हुने

गण्डकी पोष्ट बैशाख २४, २०७९ शनिबार
  • 392
    SHARES
  • एनआरएनए जापानको आयोजनामा आगामी जुलाई ३० र ३१ तारिखमा टोकियोमा नेपाल फेस्टिवल हुने

    गैर आवासिय नेपाली संघ जापानको आयोजनामा आगामी जुलाई ३० र ३१ तारिखमा नेपाल फेस्टिवल आयोजना हुने भएको छ । राजधानी टोकियोको नाकानोमा रहेको नाकानो सिकि नो मोरी पार्कमा फेस्टिवल आयोजना गरिने तय भएको हो ।

    images

    नेपाल फेस्टिवल जापानमा नेपाल चीनारीको प्रमुख कार्यक्रम तथा नेपालीहरुबिच भेटघाट र आपसी भाइचारा अभिबृद्धिको मुख्य थलो बन्दै आएको छ ।

    यस पटकको नेपाल फेस्टिवल नेपाल र जापानी समुदायको सहभागीतामा आयोजना तयारी भइरहेको एनआरएनए जापानका महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो । फेस्टिवल आयोजना र स्थानिय सरकारसँग सहकार्यको लागि यसअघि अध्यक्ष शिवप्रसाद पौडेल सहितको टोलिले नाकानो सिटिका मेयर नाओतो साकाइ लगायतसँग भेटवार्ता गरिसकेको छ ।

    जापानका पूर्व सांसदद्धय कोमियामा योशिहारु, मासामी निशिमुरा लगायत व्यक्तित्वहरुबाट समेत फेस्टिवलमा जापानी निकाय र समुदायको सहभागीताको लागि सक्रिय सहयोग र परामर्श पाइराखेको महासचिव श्रेष्ठले जानकारी दिनुभयो ।

    फेस्टिवल आयोजनाको तयारी स्वरुप एनआरएनए जापानले यहि मे १५ तारिख बैठक गरेर आवश्यक समितिहरु घोषणा गर्ने भएको छ । जसमा युवा परिचालन, आर्थिक व्यवस्थापन, सांस्कृतिक प्रस्तुती, स्टल, फोहोर देखि अतिथि सत्कार लगायत आवश्यक सबै कुराको लागि कामको बाँडफाँड गरिने महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।

    फेस्टिवल आयोजनाको लागि मुल आयोजक कमिटि संयोजकमा अध्यक्ष शिव प्रसाद पौडेल रहनुहुने भएको छ । मुल आयोजक कमिटि अन्तर्गत उपसमिति बनाईने तथा फेस्टिवल संयोजक समेत तोकिने भएको एनआरएनए जापानका प्रवक्ता सुवास लामिछानेले जानकारी दिनुभयो । नेपाल फेस्टिवल मार्फत जापानी पर्यटकहरुलाई नेपाल चिनाउन र नेपाल भ्रमणमा आकर्षित गराउन यहि मे ९ तारिख नाकानो पर्यटन बोर्डका अध्यक्ष सहितको टोलिसँग एनआरएनए जापानको टोलिले छलफल गर्ने भएको लामिछानेले जानकारी दिनुभयो ।

    अहिलेसम्मकै फरक र भव्य बनाउन तयारी थालिसकिएको बताउँदै प्रवक्ता लामिछानेले जापानमा नेपाल चिनारी झल्काउने तथा नेपाल र जापानबिचको सम्बन्ध थप प्रगाढ बनाउनेगरि फेस्टिवललाई सांस्कृतिक रुपमा समेत विशेष बनाईने बताउनुभयो ।

  • सम्बन्धित विषय:

  • # Nepal festival 2022 Tokyo japan
  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार