शुक्रबार, कार्तिक २१ गते २०८३ Friday, 06 Nov, 2026
Follow Us on

Trending

उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धम्की नदिन निर्वाचन आयोगको निर्देशन

गण्डकी पोष्ट बैशाख १६, २०७९ शुक्रबार
  • 285
    SHARES
  • उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धम्की नदिन निर्वाचन आयोगको निर्देशन

    निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की नदिन भनेको छ । 

    images

     

    आयोगले आज शुक्रवार विज्ञप्ति निकालेर कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, प्रलोभन र धरपकड गरेको सूचना आएको भन्दै यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

    उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने भन्दै आयोगले उम्मेदवारी दर्ता गरेर चुनावी प्रक्रियामा भाग लिन पाउने जो कसैको पनि अधिकार नखोस्न भनेको छ ।

    गठबन्धनमा आबद्ध दलहरूले स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई मनोनयन फिर्ताका लागि दबाब दिइरहेको खबरहरु सार्वजनिक भइरहेको बेला आयोगको यस्तो विज्ञप्ति आएको हो । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार