शुक्रबार, कार्तिक २१ गते २०८३ Friday, 06 Nov, 2026
Follow Us on

Trending

स्थानीय तह निर्वाचन : १ लाख ४१ हजारभन्दा बढीको उम्मेदवारी, कुन प्रदेशमा कतिको मनोनयन ? [सूचीसहित]

गण्डकी पोष्ट बैशाख १३, २०७९ मंगलबार
  • 297
    SHARES
  • स्थानीय तह निर्वाचन : १ लाख ४१ हजारभन्दा बढीको उम्मेदवारी, कुन प्रदेशमा कतिको मनोनयन ? [सूचीसहित]

    निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार ४६८ पुगेको छ । मंगलबार विहान १०ः१५ बजेसम्म उक्त संख्याले उम्मेदवारी दिएको आयोगले अपडेट गराएको हो ।

    images

     

    आयोगले यही ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनको लागि आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय तोकेको थियो । जिल्लाबाट मनोनयनको विवरण आउनेक्रम जारी रहेकोले अझै संख्या बढ्ने आयोगले जनाएको छ ।

    आयोगका अनुसार हालसम्म प्रदेश–१ मा २२ हजार १९४, मधेश प्रदेशमा ३६ हजार २७५, बागमती प्रदेशमा २३ हजार ६५४, गण्डकी प्रदेशमा १२ हजार ३१४, लुम्बिनी प्रदेशमा २२ हजार ४२१, कर्णाली प्रदेशमा १२ हजार ८४८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ७६२ जनाको उम्मेदवारी परेको छ ।

     

    उम्मेदवारी परेकामध्ये प्रमुख पदमा ३ हजार ३१८, अध्यक्ष पदमा ३ हजार ३०६, उपप्रमुख पदमा २ हजार ३६, उपाध्यक्ष पदमा २ हजार ३४३, वडा अध्यक्ष पदमा ३३ हजार १११, महिला सदस्य पदमा २४ हजार २८३, दलित महिला सदस्य पदमा २१ हजार ९७९ र सदस्य पदमा ५१ हजार ९२ जना रहेका छन् । ७५३ वटा स्थानीय तहमा निर्वाचित हुनुपर्ने पद संख्या ३५ हजार २२१ रहेको छ ।

    मंगलवार बिहान १०:१५ सम्म कुन प्रदेशमा कतिको मनोनयन ? हेर्नुस् सूची :

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार