मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

बाग्लुङ समाज जापानले गर्नलागेको दोश्रो खुला रनिङ कप पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा, मुख्य आकर्षकको रुपमा पञ्चेबाजा रहने

गण्डकी पोष्ट चैत्र २०, २०७८ आइतबार
  • 992
    SHARES
  • बाग्लुङ समाज जापानले गर्नलागेको दोश्रो खुला रनिङ कप पुरुष  भलिबल प्रतियोगिताको तयारी पुरा, मुख्य आकर्षकको रुपमा पञ्चेबाजा रहने

     

    images

    चेतनाथ पौडेल

    टोकियो,जापान ।  

    बाग्लुङ समाज जापानले अप्रिल ४ तारिखका दिन टोकियोमा गर्नलागेको दोश्रो खुला रनिङ कप पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ। 

    नेपालीहरुको प्रमुख पर्व चैतेदसैंको अवसरमा गर्नलागेको प्रतियोगिताको गोला प्रथाबाट टाईसिट सार्वजनिक गरेसँगै तयारी पुरा भएको जनाईएको छ । सहभागी नौ टिमका प्रतिनिधीको सहभागितामा टाईसिट बितरण गरिएको समाजका कार्यवाहक अध्यक्ष यमकान्त कंडेलले जानकारी दिनुभयो । 

    नेपालको राष्ट्रिय खेल भलिबललाई चैतेदसैंको अवसरमा प्रवाशमा रहेका खेलाडीहरु र खेलकुदको विकासमा टेवा पुर्याउने उद्देश्यले आयोजना गर्नलागेको जनाईएको छ । भलिबल प्रतियोगिता सँगै बिशेष प्रस्तुतिको रुपमा मौलिक पञ्चेबाजा समेत रहने बताईएको छ।

    प्रतियोगितामा प्रथम हुने समुहलाई नगद २ लाख ८५ हजार ५ सय  ५५ येन मेडल र प्रमाण-पत्र, द्वितीय हुनेलाई नगद १ लाख  ८५ हजार ५ सय  ५५ येन मेडल र प्रमाण-पत्र तथा सेमिफाइनलिष्ट दुवै समूहलाई सान्त्वना पुरस्कार स्वरूप ५५ हजार ५ सय ५५ येन र प्रमाण-पत्र  प्रदान गरिने बताईएको छ ।

    यसका साथै प्रतियोगितामा बेष्ट प्लेयर, बेष्ट स्पिकेर, बेष्ट डिफेण्डेर,  बेष्ट लिफ्टर र  बेष्ट कोचलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने बताईएको छ ।

    प्रतियोगितामा अफिसियल सहित १२ खेलाडीको सहभागिता रहने र खेल प्रचलित नियम अनुसार नक-आउट सिस्टममा नेपाली रेफ्री द्वारा संचालन गरिने कार्यक्रम संयोजक बसन्त थापाले बताउनुभयो । खेल टोकियोको सिन्जुकु कज्मिक सेन्टर(Shinjuku Cosmic Center) मा  बिहान ९ बजे देखि संचालन हुने समेत बताईएको छ ।
    undefinedundefined

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार