मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

अनेसास जापानले नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान, ६२ औँ नियमित साहित्य श्रृंखला तथा पुस्तक विमर्श कार्यक्रम गर्ने

गण्डकी पोष्ट चैत्र ४, २०७८ शुक्रबार
  • 685
    SHARES
  • अनेसास जापानले नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान, ६२ औँ नियमित साहित्य श्रृंखला तथा पुस्तक विमर्श कार्यक्रम गर्ने

    अनेसास जापानले यही मार्च २७,२०२२ (चैत्र १३,२०७८) का दिन नेवा डाइनिंग सिनओकुबो टोकियोमा  नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान, ६२ औँ नियमित साहित्य श्रृंखला तथा पुस्तक विमर्श कार्यक्रमको आयोजना गर्ने भएको छ । 
          नयाँ वर्षको शुभकामना आदानप्रदान, नियमित साहित्य श्रृंखला तथा पुस्तक विमर्श गरी तीन सेसनमा कार्यक्रम सम्पन्न गरिने छ । युरेका पब्लिकेशन काठमान्डुले प्रकाशन गरेको अमृत शर्मा ढकालको गीतकृति ’लजालु पहाडहरू’ माथिको विमर्श सेसनमा पुस्तकमाथि टिप्पणी, प्रश्न र धारणा तथा लेखकसँग पुस्तक हस्ताक्षर गरिने जनाइएको छ ।
         विगत लामो समयदेखि जापानमा संगठित भएर नेपाली भाषा, साहित्य र स्रष्टाको उन्नयनमा सक्रिय संस्था अनेसास जापानले गीतकार अमृत शर्मा ढकाल जापान आएको अवसर पारेर उक्त कार्यक्रम आयोजना गर्न लागेको जानकारी अनेसास जापानका अध्यक्ष रबिन शर्माले दिनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार