आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आजदेखि मतदाता नामावलीमा दाबी-विरोध सुरू भएको छ ।
२६ फागुनसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाइने निर्वाचन आयोगले जनाएको छ ।
यो अवधिमा मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा दाबी विरोधका लागि निवेदन दिन सकिने बताइएको छ ।
(2).gif)
