शुक्रबार, कार्तिक २१ गते २०८३ Friday, 06 Nov, 2026
Follow Us on

Trending

आज महाशिवरात्रि पर्व मनाईदै,पशुपतिनाथमा दर्शनार्थीको भीड

गण्डकी पोष्ट फाल्गुण १७, २०७८ मंगलबार
  • 338
    SHARES
  • आज महाशिवरात्रि पर्व मनाईदै,पशुपतिनाथमा दर्शनार्थीको भीड

    आज (मङ्गलबार) महाशिवरात्रि, आराध्यदेव भगवान् शिवको पूजा आराधना गरी महाशिवरात्रि पर्व मनाइँदै छ ।

    images

     

    फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गरेको छ । शिवको प्रिय दिनको रुपमा पनि मानिने शिवरात्रिको दिनमा देशभरका शिवालयमा दर्शनार्थीको भीड लागेको छ ।

     

    काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। हलेशी, देवघाटलगायत देशभरका शिवालयमा समेत बिहानैदेखि दर्शनार्थीको भीड छ । महाशिवरात्रिका लागि भारत लगायत अन्य देशहरूबाट समेत  पशुपति मन्दिर परिसरमा साधुसन्तहरू आएका छन्।

     

    पशुपति आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोषले दान दक्षिणासहित बिदा गर्ने प्रचलन छ । महाशिवरात्रिका अवसरमा पशुपति मन्दिर आउने भक्तजनहरुको भीडलाई मध्यनजर गर्दै आज बिहान ४ बजेदेखि पशुपतिका चार वटै ढोका खोलिएका छन्।

     

    विगतको दुई बर्ष कोरोना भाइरसको सङ्क्रमणको कारण पशुपतिनाथ लगायत देशभरका शिवालय बन्द गरिएको थियो। यो पटक सङ्क्रमणदर न्युन हुँदै गएपछि शिवरात्रिमा चहलपहल बढेको हो ।

     

    यो वर्ष १० लाख दर्शनार्थीले पशुपति दर्शन गर्न सक्ने कोषले अनुमान गरेको छ । सङ्क्रमण जोखिमको कारण यो वर्ष पशुपतिनाथ मन्दिर प्रवेश गर्ने भक्तजनहरुका लागि मास्कको प्रयोग अनिवार्य गरिएको कोषले जनाएको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार