मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

जापानले मार्च देखी ब्यवसायी,कामदार र विद्यार्थीका लागि सीमा नियमलाई सहज पार्ने,क्वारेन्टाइन अवधि तीन दिनमात्र कायम गरिने

गण्डकी पोष्ट फाल्गुण ५, २०७८ बिहीबार
  • 329
    SHARES
  • जापानले मार्च देखी ब्यवसायी,कामदार र विद्यार्थीका लागि सीमा  नियमलाई सहज पार्ने,क्वारेन्टाइन अवधि तीन दिनमात्र कायम गरिने

    जापानले मार्चदेखि व्यवसायी, विद्यार्थी र कामदारलाई देशभित्र प्रवेश गर्न सहजता प्रदान गर्न कोभिड नियन्त्रणका लागि जारी कडा सीमा नियमलाई खुकुलो बनाउने बताएको छ । यद्यपि पर्यटकका लागि भने अझै पनि रोक लगाइने प्रधानमन्त्री फुमिओ किशिदाले बिहीबार बताएका छन् । 

    images

    यो कदम व्यापारिक समुदाय र शिक्षाविद्हरूबाट जापानलाई सीमा प्रतिबन्ध खुकुलो पार्न बढ्दो दबाबपछि चालिएको हो । जी–७ राष्ट्रहरूले कोभिड नियन्त्रणका लागि प्रतिबन्धहरूलाई तत्काल हटाइहाल्न नहुने बताइरहेका समय भएको निर्णयलाई जापानी नागरिकबाट व्यापक समर्थन मिल्ने देखिएको छ । 

     

    जापानले यस महामारीको प्रारम्भिक दिनदेखि नै पर्यटकहरूलाई रोकेको छ । कतिपय अवस्थामा जापानमा बसोबास गर्दै आएका विदेशी बासिन्दाहरूलाई समेत देशभित्र प्रवेश गर्नबाट रोक लगाउँदै आइएको छ । 

     

     

    गत नोभेम्बरमा, सरकारले केही विद्यार्थी तथा व्यापारीहरूलाई प्रवेश गर्न अनुमति दिनका लागि नियमहरूलाई सामान्य खुकुलो पारेको थियो तर कोरोना भाइरसको नयाँ विकसित ओमिक्रोन नामक भेरिएन्टका कारण तत्काल यस योजनालाई उल्ट्याएको थियो ।

     

    विशेषज्ञहरूको भनाइअनुसार ओमिक्रोनका कारण संक्रमितहरूको सङ्ख्या उच्च बनेपछि जापानमा अहिले स्वास्थ्य संस्थाहरूमा विरामीहरूको चाप बढेको छ । 

     

    पर्यटनका लागि आउनेबाहेक नयाँ आगन्तुकलाई मार्च १ देखि प्रवेश अनुमति दिने किशिदाले बताए । अहिले तीन हजार ५०० रहेको दैनिक प्रवेशाज्ञालाई पाँच हजारसम्म प्रबेश दिइने उनले बताए ।भने हाल कायम एक हप्ताको क्वारेन्टाइन समयलाई घटाएर तीन दिन मात्र कायम गरिएको पनि बताए ।  

     

    आप्रवासनमामिला हेर्ने एक निकायका अधिकारीले एएफपीलाई बताएअनुसार जापानले जनवरी ४ सम्ममा आफ्नो मुलुकमा प्रवेश गर्न पर्खिरहेका चार लाखभन्दा बढी विदेशीहरूको प्रवेशाज्ञाका लागि अनुमति दिइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार