शुक्रबार, कार्तिक २१ गते २०८३ Friday, 06 Nov, 2026
Follow Us on

Trending

ओलीसहित पाँच पूर्वमन्त्रीलाई कारबाहीको माग गर्दै अख्तियारमा उजुरी

गण्डकी पोष्ट फाल्गुण ५, २०७८ बिहीबार
  • 249
    SHARES
  • ओलीसहित पाँच पूर्वमन्त्रीलाई कारबाहीको माग गर्दै अख्तियारमा उजुरी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बिहीबार एकीकृत समाजवादी निटक विद्यार्थी सङ्गठन अनेरास्ववियुले ओलीविरुद्ध अख्तियारमा उजुरी दर्ता गराएको हो ।

    images

    ओली सरकारमा हुँदा ठूला भ्रष्टाचार भएको र मन्त्रीहरू समेत भ्रष्टाचारमा संलग्न रहेको दाबी गर्दै एस अनेरास्ववियुले उनीहरूलाई कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दर्ता गरेका हुन् ।

    एस अनेरास्ववियुले तत्कालीन प्रधानमन्त्री ओलीले झापास्थित गिरीबन्धु टी स्टेटको नाममा अर्बौं मूल्य पर्ने जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गराउन सहयोग गरेर नीतिगत भ्रष्टाचार गरेको र सोही प्रकरणमा तत्कालीन भूमिमन्त्री पद्मा अर्यालले सघाएको भन्दै उनीहरूमाथि छानबिन गरी कारबाहीको माग गरेको छ । 

    यस्तै स्वास्थ्य सामग्री खरिद तत्कालीन रक्षा मन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल पनि ओम्नीसँगको अनियमितता प्रकरणमा मुछिएकाले उनीहरूमाथि छानबिन गरी कारबाही गर्न माग गरिएको गरिएको छ । 

    यस्तै भिजिट नेपाल २०२० को नाममा राज्यकोषको करोडौँ रकम हिनामिना भएको भन्दै तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईमाथि पनि छानबिनको माग गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार