नेपाली विधार्थी समाज जापान (नेसाज)को प्रवक्तामा ईश्वर थापा चयन हुनुभएको छ ।
भर्चुअल मार्फत अजय रानाको अध्यक्षता मा बसेको नेसाज केन्द्रीय कमिटी को पूर्ण बैठकले सह- सचिब ईश्वर थापा लाई प्रवक्ता मा नियुक्ति गरेको हो।संगठन लाई थप चलायमान बनाऊन र नेसाज का कामकारबाही लाई अझ सशक्त ढंगले अगाडी बढाऊनका निमित्त थापा लाई प्रवक्ता मा नियुक्ति गरिएको अध्यक्ष अजय राना ले बताऊनू भएको भयो । साथै सोही दिन नेसाजको केन्द्रीय कमिटी द्वारा पारित केन्द्रिय सदस्य रोशन भट्टराई लाई सह- कोषाध्यक्षमा मनोनित गरिएको थियो।मनोनित सदस्यहरु भने यस अघिकै बैठकबाट क्युस्यु बाट दिपक राज चौलागाईं नागोयाबाट शंकर कंडेल सेन्दाइबाट रेबत् बहादुर पाण्डे र ओकिनवाबाट सुनिता अधिकारीलाई चयन गरिएको थियो ।
साथै बैठकले नयाँ शैक्षिक सत्र सुरु भए सँगै जापानी भाषा बक्तित्वकला गर्ने निर्णय पनि गरेको सचिव निरन्जन भण्डारीले जानकारी गराउनु भयो ।
(2).gif)
