मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

जापानमा गुल्मी घर भएकी एक महिलाको गाडीको ठक्करबाट निधन

गण्डकी पोष्ट माघ १६, २०७८ आइतबार
  • 1.3K
    SHARES
  • जापानमा गुल्मी घर भएकी एक महिलाको गाडीको ठक्करबाट निधन

    जापानको ओताकुको स्यान्नो बस्ने नेपालको गुल्मी घर भएकी एक महिलाको शुक्रबार बिहान गाडीको ठक्करबाट निधन भएको छ ।

    images

    ३० वर्षीय मृतक महिला बिहान ९ बजेको काममा जानको लागि साइकलमा हिडिरहेको अवस्थामा गाडीले ठक्कर दिएपछि घटनास्थलमै निधन भएको बताईएको छ ।

    श्रीमानसँग जापानमा बस्दै आएकी मृतकको नेपालमा ७ वर्षीय एक छोरी रहेकी छन ।

    जापानमा नै मृतक अर्यालको अन्तिम संस्कार गरिने पनि बताईएको छ । कोभिड-१९ कोरोनाको महामारीलाई ध्यानमा राखेर निश्चित व्यक्तिहरूलाई मात्र स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाउदै अन्तिम संस्कारमा सहभागी हुन सकिने बताईएको छ ।

    (जनहित न्युज डटकम बाट साभार गरिएको )

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार