शुक्रबार, कार्तिक २१ गते २०८३ Friday, 06 Nov, 2026
Follow Us on

Trending

बाग्लुङ जिल्लाको मालिकामा रहेको नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाद्वारा अति बिपन्न ८ परिवारका लागि खाद्यान्न वितरण

गण्डकी पोष्ट माघ १६, २०७८ आइतबार
  • 496
    SHARES
  • बाग्लुङ जिल्लाको मालिकामा रहेको नेपाल रेडक्रस  सोसाइटी मालिका उपशाखाद्वारा अति बिपन्न ८ परिवारका लागि खाद्यान्न वितरण

     रेडक्रस सोसाइटी मालिका उपशाखाले शनिबार एक कार्यक्रम गरी बाग्लुङ नगरपालिका-५ मालिकामा रहेका अति विपन्न आठ परिवारको लागि खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।

    images

    बिहान बेलुकाको छाक टार्न नसकिरहेका र परिवारमा काम गर्न सक्ने कोहि नभएका  अति विपन्न परिवारहरुको लागि तत्कालिन समस्या समाधान गर्नको लागि चामल,दाल,नुन, तेल र साबुन आदी सामाग्रिहरु हस्तान्तरण गरिएको हो। पदम बहादुर के.सी.,भरत के.सी.,रामजी किसान,हरिलाल विक,ढलक बहादुर नेपाली,बल बहादुर किसान,सन्तु किसान र दानबहादुर किसानको परिवारलाई सो खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

    कार्यक्रममा विशेष  अतिथी नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाका कार्यसमिती सदस्य भवानी प्रसाद कंडेलले रेडक्रसले  प्राथमिकताको आधारमा गरिब विपन्न परिवारमा पुग्नु पर्ने बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी मालिका उपशाखाका संस्थापक सभापती एवं बा.न.पा.५ का बडा अध्यक्ष शिवप्रसाद सापकोटाले रेडक्रसको मर्म र सिद्धान्त अनुसार  रेडक्रसले यस्तै समस्यामा परेका मानिसहरुको सेवामा मन,वचन र कर्मले लाग्नु पर्ने  र मालिका उपशाखाले संचालन गर्ने हरेक गतिविधीमा आफ्नो तर्फबाट सक्दो सहयोग रहने बताउनु भयो । धन भएका मानिसहरुले मन पनि फराकिलो बनाउन सकेमा मात्र मानव मात्रको सेवा गर्न सकिने भन्दै सहयोगदातालाई धन्यवाद समेत दिनुभयो । कार्यक्रममा सहयोगदाता बा.न.पा.५ स्वाँर हाल गैंडाकोट नवलपुर बस्ने डण्डपाणी सापकोटाको तर्फबाट तुलसीराम सापकोटा, रेडक्रसकर्मी कोपिला खरेल सापकोटा लगायतले मन्तव्य राख्नु भएको थियो ।
     कार्यक्रम उपशाखा सभापति रेशमलाल सापकोटाको अध्ययक्षता,निर्वतमान सभापती रबिप्रसाद शर्माको स्वागत मन्तव्य र सचिव मातृका आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

    F1439A83-2521-4CF2-93A1-348EA6473FAE.jpeg

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार