काठमाडौं – जापानमा अध्ययनका लागि भिसा प्रदान गरिसकेपछि पनि आफूहरुलाई लामो समयसम्म रोकेकोप्रति असन्तुष्टि जनाउँदै नेपाली विद्यार्थीहरुले काठमाडौँस्थित जापानी दूतावासमा धर्ना दिएका छन् ।
विद्यार्थीहरुले शुक्रबार पानीपोखरीस्थित दूतावास अगाडि धर्ना दिएका हुन् । विद्यार्थीहरुले प्रतिबन्ध फुकुवा गर, आखिर कहिले खुल्छ जापानलगायत नारा लेखिएका प्लेकार्ड बोकेर दूतावास अगाडि शान्तिपूर्ण धर्ना गरेका थिए।
धर्नामा सहभागी भएका विद्यार्थीले पछिल्लो समय जापानले विद्यार्थीबाट इन्टेक अनुसारको शुल्क लिने तर प्रवेश प्रतिबन्ध कायम नै राखेर विदेशी विद्यार्थीको शैक्षिक करियरमाथि खेलबाड गरेको आरोप लगाएका छन्। विद्यार्थीका अनुसार करिब ११ हजार जनाले सिओइ पाएर पनि जापान जान पाएका छैनन् ।
(2).gif)
