शुक्रबार, कार्तिक २१ गते २०८३ Friday, 06 Nov, 2026
Follow Us on

Trending

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो, पुरुषभन्दा ६ लाख बढी महिला

गण्डकी पोष्ट माघ १२, २०७८ बुधबार
  • 225
    SHARES
  • नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुग्यो, पुरुषभन्दा ६ लाख बढी महिला

    नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।

    images

    महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ । नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको छ।

    अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो । 

    नेपालको जनसंख्या वृद्धिदर पछिल्लो ८० वर्षमै कम भएको छ। यो सन् १९९८पछिको सबैभन्दा न्यून हो।

    सन् १९९८ देखिपछिका सबै जनगणनामा नेपालको जनसंख्याको  बढेको छ। वृद्धिदर १ प्रतिशतभन्दा कम भएको यसैपालि हो।

    जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार