निर्वाचन आयोगले तत्काल स्थानीय तहको चुनाव गर्न सरकारलाई आग्रह गरेको छ । मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले तत्काल स्थानीय चुनावको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको हो ।
यसअघि सर्वदलीय बैठक डाकेर निर्वाचनबारे छलफल गरेको आयोगले सरकारले वैशाखमा चुनाव नगर्ने तयारी गरेपछि फेरि विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोश्रो चरण र असोज २ गते तेश्रो चरणमा सम्पन्न भएकोेमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाई आधार मान्दा स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्थाबमोजिम स्थानीय तहका सबै निर्वाचित पदाधिकारीहरुको कार्यकाल आगामी २०७९ जेठ ५ मा समाप्त उल्लेख गरिएको छ ।

(2).gif)
