टोकियो, जापान ।
जापानको राजधानी टोकियोमा बुधबार (१९ तारिख) नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएका व्यक्तिहरूको सङ्ख्या ७ हजार नाघेको छ । टोकियो महानगरले सार्वजनिक गरे अनुसार आज ७ हजार ३ सय ७७ जनामा संक्रमण पाईएको उल्लेख गरेको छ । यो संख्या अहिलेसम्मकै उच्च सङ्ख्या हो ।
यसअघी गत वर्षको अगष्ट १३ तारिखमा सबैभन्दा धेरै संख्या ५ हजार ९ सय ८ जनामा संक्रमण पुष्टि भएको थियो ।
भाईरसको तिब्र फैलावटलाई मध्यनजर गर्दै जापान सरकारले यही जनवरी २१ तारिख शुक्रबार बाट फेब्रुअरी १३ तारिख आईतवार सम्म टोकियो सहित अन्य १३ वटा प्रान्तमा अर्ध-आपतकालको घोषणा गरिसकेको छ ।
(2).gif)
