जापान । बागलुङ जिल्ला गल्कोटको नगरपालीका ४ सुन्दर खरूवा हाम्रो सान, पर्यटकीय पूर्वाधार विकासमा हामी सबैको साझा अभियान भन्ने मूल नाराका साथ जापानमा गठित खरूवा समाज जापानको तेश्रो अधिबेशनबाट सर्बसहमति रूपमा गगन खत्री (झकाश)निर्वाचित हुनुभएको छ ।
२०१० मा गठित खरूवा समाज जापानको भिम क्षेत्री को अध्यक्षतामा गठन भएको संस्थाको वरिष्ठ उपाध्यक्ष टेक बा खत्री उपाध्यक्षमा हकं क्षेत्री ,ईश्वर खत्री सचिव गोबिन्द रेग्मी सह–सचिवमा तेजुन भन्डारी चयन हुनूभएको छ । त्यसैगरी संस्थाको आर्थिकलाई पारदर्शीरुपमा अगाडी बढाउनका लागि कोषाध्यक्षमा याम खत्री सह–कोषाध्यक्षमा धन भन्डारी चयन हुनुभएको छ । युवा पिढ़ीलाई हातेमालो गर्दै अगाडी बड्नलाई युवा संयोजकमा अर्जुन न्यैपानो निर्वाचित हुनु भयको छ भने लेखा संयोजकमा कमल खत्री , उप-संयोजकमा गगन खत्री, महिला संयोजक जमुना खत्री निर्वाचित हुनु भयको छ ।
सदस्यहरूमा माया भीम ,खिम खत्री ,टोप खत्री तीलक खत्री ,रीम खत्री ,याम खत्री ,नारायण रेग्मी ,बिकल खत्री निर्वाचित हुनु भयको छ ।
कार्यक्रमको प्रमुख अतिथि खरूवा समाज जापानका संस्थापक सल्लाहकार चित्र न्यौपानेले गर्नु भयको थियो । न्यौपानेले नवनिर्वाचित सम्पुर्णलाई बधाई तथा शुभकामना दिदै सस्थाले आगामी दिनमा सामाजिक कार्यमा अझ सशक्त रुपमा लाग्न आग्रह गर्नुभयो
वरिष्ठ सल्लाहकार बालकृष्णले यो खरूवा समाज जापान ले ग न पा ४ खरूवामा र समग्र गोल्कोट भरी धेरै दिन दुखी पिडीत सबैलाई आथिक सहयोग गर्दैई आयको छ यो सस्था ले ग न पा ४ खरूवाको बिकाश मोटर बाटो किमाटा बाट नयाँ बाटो खन्दै खरूवा गाउँको सिर बराथाना दैाउराली जोडनी मोटर बाटोमा ठुलो आर्थिक सहयोग गरेको र गाऊमा दिन दुखी खेलकुद शैक्षिक विकाशका पूर्वाधारका कामका निम्ती यो समाजले धेरै ठुलो भुमिका खेलेको संस्थाका अध्यक्ष गगन खत्री झकाशले बताउनु भयो ।
संस्थाका युवा सयोजक अर्जुन न्यैपानोले कार्यक्रमको संचालन गर्नुभएको र कोषाध्यक्ष याम खत्री ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रम समापन संस्थाका अध्यक्ष भिम क्षेत्री ले गर्नु भएको थियो । 
(2).gif)
