एनआरएनए क्षेत्रिय समिती क्युस्युले अंग्रेजी नयाँ वर्ष २०२२ को पावन अवसरमा शुभकामना आदान प्रदान तथा एनआरएन क्युस्यु द्वारा गठित उपसमिति प्रशिक्षण कार्यक्रम २०२२ भर्च्युअल मध्यमबाट सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि एनआरएनए जापानका अध्यक्ष शिब प्रसाद पौडेल, बिशेष अतिथिहरु एनआरएनए आइ सी सी निवर्तमान सदस्य टंक गैरे, हाम्रो नेपाल हामी नेपाली अभियान प्रमुख संयोजक धर्म राज अधिकारी ,एनआरएनए आइ सी सी सदस्य लक्ष्मण बानिया, एनआरएनए आइ सी सी सदस्य सुपेन्द्र घिसिङ्, अतिथिहरु एनआरएनए जापान क्युस्यु पुर्व संयोजक किरण बर्मा, एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठ , सचिब देवराज उप्रेती,एनआरएनए सदस्य हेमा पाण्डे,प्रकाश लामिछाने,मोहन सिंह मडैज्,राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जापान शाखाका बरिष्ठ उपाध्यक्ष पुरुषोत्तम सिग्देल,फुकुओका नेपाल सोसाइटीका अध्यक्ष माधब सिग्देल, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबका प्रथम उपाध्यक्ष भागिरथ पौडेल, एनआरएनए क्युस्युका सल्लाहकार प्रदिप श्रेष्ठ, एनआरएनए क्युस्यु सूचना केन्द्रका बिनोद सुनार, एनआरएनए जापान तोचिगी सल्लाहकार राजु पनेरु, कार्यसमिति पदाधिकारी,सदस्य एवं उपसमिति पदाधिकारी, सदस्यहरुको सहभागितामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा अंग्रेजी नयाँ वर्ष २०२२ को शुभकामना आदान प्रदान गर्नुका साथै एनआरएनए क्युस्युद्वारा गठित उपसमितिका पदाधिकारी तथा सदस्यहरुलाई एनआरएनए आइसिसि एवं एनआरएनए जापानका अग्रजहरु बाट प्रशिक्षण कार्य भएको थियो ।
प्रशिक्षण कार्यक्रम अन्तर्गत एनआरएनए जापान क्युस्यु पुर्व संयोजक किरण बर्माले एनआरएनएको समग्रताको बारेमा एनआरएनए जापानका कार्यक्रमहरु बारेमा एनअरएनए जापानका सचिब देवराज उप्रेती, एनआरएनए जापान र क्षेत्रीय कार्यसमितिको भूमिका बारे उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, एनआरएनए जापान र आईसीसीको भूमिका बारेमा आइसीसी सदस्य सुपेन्द्र घिसिंग, एनआरएनए र नेपाल फेस्टिवलको सम्बन्ध बारेमा आईसिसी सदस्य लक्ष्मण बानिया, हाम्रो नेपाल हामी नेपाली अभियानका प्रमुख संयोजक धर्म राज अधिकारीले एनआरएनएमा अनुशासनको आवश्यकता बारेमा आईसिसी निवर्तमान सदस्य टंक गैरेले एनआरएनएमा यस्को काम र कर्तब्यको महत्व र प्रमुख अतिथि शिव प्रसाद पौडेलले एनआरएनए जापानको कार्य योजना बारेमा आ-आफ्नो महत्वपुर्ण भनाई राख्नुभएको थियो ।
एनआरएनए क्युस्यु द्वारा गठित क्षेत्र र विभाग गरी २१ ओटा उपसमिति अन्तर्गत आफ्नो क्षेत्रको समस्या एवं एनआरएनएको बारेमा उपसमिति इन्चार्ज, सह इन्चार्ज एवं सदस्य हरुले जिज्ञासा राख्नु भएको थियो ।
कार्यक्रमबाट एनआरएनए क्युस्युद्वारा गठित उपसमिति एवं क्युस्यु कार्य समितिलाई समेत एनआरएनए को बारेमा जानकारी प्राप्त भयो भन्ने महशुश गरेको संयोजक अर्जुन बगालेले बताउनुभयो । आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु गर्दै जाने जानकारी समेत गराउनुभयो ।
कार्यक्रम क्युस्यु संयोजक अर्जुन बगालेको सभापतित्व तथा श्रीकृष्ण पाठकको सहजिकरणमा सम्पन्न भएको थियो ।












(2).gif)
