मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

बिहुँकोट समाज जापानको १५ औँ साधारण सभा तथा ८औँ अधिवेशन सम्पन्न,घनश्याम कडेलको अध्यक्षतामा २७ सदस्यिय नयाँ कार्यसमिती सर्वसम्मत चयन

गण्डकी पोष्ट पौष १७, २०७८ शनिबार
  • 942
    SHARES
  • बिहुँकोट समाज जापानको १५ औँ साधारण सभा तथा ८औँ अधिवेशन सम्पन्न,घनश्याम कडेलको अध्यक्षतामा २७ सदस्यिय नयाँ कार्यसमिती सर्वसम्मत चयन

    टोकियो, जापान ।  

    images

    बिहुँकोट समाज जापानको १५ औँ साधारण सभा तथा ८औँ अधिवेशन टोकियोमा नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न  भएको छ । अधिबेशनबाट घनश्याम कडेलको अध्यक्षतामा २७ सदस्यिय नयाँ कार्यसमिती सर्वसम्मत चयन भएको छ ।  समितिको उपाध्यक्षमा दिपक कडेँल,तोयानाथ रिजाल,शिबलाल कडेँल,रामु कडेँल र घनश्याम कडेँल “अर्जुन”रहनुभएको छ । त्यस्तै सचिबमा फणिन्द्र शर्मा,सहसचिबमा राजहरी कडेँल र अर्जुन कडेँल ‘पुष्प ‘ तथा कोषाध्यक्षमा टिकाराम कंडेल सह-कोषाध्यक्षमा नारायण प्रसाद कडेँल र टिकाराम कडेँल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।  भने सदस्यहरुमा क्रमश अर्जुन प्रसाद कडेल,पुर्ण कंडेल,राधिका शर्मा,प्रकाश शर्मा सुवेदी (सन्तोष),राजु कडेल,यामनाथ कडेल,नविन कडेल,पुर्णचन्द्र शर्मा,राजेन्द्र प्रसाद कडेल,कृष्ण प्रसाद कडेल,अर्जुन कंडेल,प्रदिप कंडेल,गोकुल न्युरे,गोबिन्द प्रसाद कंडेल,निर्मल क्षेत्री रहनुभएको छ ।

    कार्यक्रममा बोल्दै एनआरएनए जापानका सस्थांपक अध्यक्ष राजन प्रधानाङ्गले जापानमा ठुलो हिस्सांमा रहेका बिहुँकोटेहरूको सुखदुखको सहयात्री बनेकोमा सस्थांको ऊच्च प्रशंसा गर्नु भएको थियो । कार्यक्रममा  बाग्लुगं समाज जापानका अध्यक्ष प्रेम कडेल,नबलपुर समाज जापानका अध्यक्ष सागर प्रसाद कडेँल,समाजका सरंक्षक दिपक सुबेदी,सहसरंक्षक डिपी कडेल,बिहुँकोट समाज जापान कान्साई क्षेत्रिय अध्यक्ष बेद प्रसाद कडेँल,समाजका ऊपाध्यक्ष महेन्द्र प्रसाद कडेल,टिकाराम कडेँल ,गोबिन्द् प्रसाद कडेँल , ईन्द्रलाल सुबेदी लगायतले मन्तब्य राख्नुभएको थियो ।

    कार्यक्रममा आम्दानी तर्फ १करोड २४ लाख २ हजार ४४ येन र खर्च तर्फ ७१ लाख ६२ हजार चार सय ३० येन तथा बचत ४८ लाख ८१ हजार सात सय ४४  येन बराबरको आर्थिक प्रतिबेदन सस्थांका कोषाध्यक्ष रामु कडेँलले प्रस्तुत गर्नुभएको थियो भने सचिब शिब कडेलले सस्थांको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

    समाजका अध्यक्ष गोपाल शर्मा अशोकको अध्यक्षता ,सचिब शिब कडेँलको संचालन, प्रवक्ता टिकाराम कडेँलको स्वागत तथा ऊपाध्यक्ष दिपक कडेँलको शुभकामना मन्तब्यमा सम्पन्न भएको थियो ।

    undefinedundefinedundefinedundefinedundefined

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार