मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

बलेवा सेवा समाज जापानको छैठौ अधिवेशन सम्पन्न,अध्यक्षमा टिकाराम रिजाल बिमल सर्वसम्मत चयन

गण्डकी पोष्ट पौष १६, २०७८ शुक्रबार
  • 209
    SHARES
  • बलेवा सेवा समाज जापानको छैठौ अधिवेशन सम्पन्न,अध्यक्षमा टिकाराम रिजाल बिमल सर्वसम्मत चयन

    बलेवा सेवा समाज जापानको अध्यक्षमा टिकाराम रिजाल बिमल चयन हुनुभएको छ । 
    आज सम्पन्न समाजको छैठौ अधिवेशनले रिजालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो ।
    समितिको बरिष्ठ उपाध्यक्षमा बिकास केसि, उपाध्यक्ष सुरेन्द्र पौडेल, एल पि शर्मा, सिता चापागाई, महिला उपाध्यक्षमा शान्ति केसि बस्नेत, महासचिवमा अर्जुन लामिछाने, सचिव सन्तोष सापकोटा, कोषाध्यक्ष महेन्द्र ढकाल र सह कोषाध्यक्षदिपेन्द्र गिरि र प्रवक्तामा गोविन्द्र पौडेल रहनुभएको छ ।
    अधिवेशनले राजिव केसि, दिपेन्द्र रिजाल, रामु पौडेल, मिलन पौडेल, किस्मत पाठक, मनोज पाठक, दिपक पौडेल, सोनालि परियार, विष्णु पाठक पौडेललाई चयन गरेको छ ।
    समाजको सल्लाहकारमा दिप पाठक, राम चापागाई, शेषकान्त रिजाल, दयाराम सुवेदी, बलराम भट्ट साथै संरक्षकमा महेन्द्र पिसि, सेवक पिसि, राजु केसि, राज पौडेल र सुर्य लामिछाने रहनुभएको छ । 
    अधिवेशनमा महासचिव विमल रिजालले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष एल पि शर्माले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । 
    कार्यक्रममा संरक्षक सुर्य लामिछाने, महेन्द्र पिसि, सेवक पिसि, राजु केसि र अन्तराष्ट्रीय साहित्य समाजका केन्द्रिय सदस्य दिप पाठकले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
    कार्यक्रम राज पौडेलको अध्यक्षता, बिमल रिजालको सञ्चालन र अर्जुन लामिछानेको स्वागतमा सम्पन्न भएको थियो ।

    images

    6C8702E6-0205-474A-A4B7-E51DB1FA112D.jpeg

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार