शनिबार, कार्तिक २२ गते २०८३ Saturday, 07 Nov, 2026
Follow Us on

Trending

नेपालमा पनि देखियो कोरोनाको ओमिक्रोन भेरियन्ट, दुई जनामा सङ्क्रमण पुष्टि

गण्डकी पोष्ट मंसिर २०, २०७८ सोमबार
  • 518
    SHARES
  • नेपालमा पनि देखियो कोरोनाको ओमिक्रोन भेरियन्ट, दुई जनामा सङ्क्रमण पुष्टि

    नेपालमा पनि कोरोना भाइरसविरुद्धको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज प्रेस मिट गर्दै नेपालमा दुई जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो ।

    images

    मन्त्रालयले जनाएअनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन भेरियन्ट देखिएको हो । सङ्क्रमण देखिएका दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पिसिआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेका थिए ।

    दुवै जनामा गम्भीर लक्षण नदेखिएको र उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको मन्त्रालयले जानएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार