शुक्रबार, कार्तिक २१ गते २०८३ Friday, 06 Nov, 2026
Follow Us on

Trending

पररास्ट्र मन्त्रालयद्वारा एनआरएनए कार्यसमितिलाई महाधिवेशन गराउन रोक, महाधिवेशन गर्ने जिम्मा संरक्षक परिषदलाई

गण्डकी पोष्ट मंसिर ६, २०७८ सोमबार
  • 473
    SHARES
  • पररास्ट्र मन्त्रालयद्वारा एनआरएनए कार्यसमितिलाई महाधिवेशन गराउन रोक, महाधिवेशन गर्ने जिम्मा संरक्षक परिषदलाई

    गैर आवासीय नेपाली संघ (एनआरएनए)को वर्तमान कार्यसमितिलाई परराष्ट्र मन्त्रालयले महाधिवेशन गराउन रोक लगाएको छ । मन्त्रालयले पत्र लेख्दै वर्तमान कार्यसमितिको कार्यकाल पूरा भइसकेको भन्दै महत्वपूर्ण निर्णय पनि नगर्न संघलाई निर्देशन दिएको छ ।
    संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन सन् २०२१ भित्रै गर्ने गरी संरक्षक परिषद्लाई मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले हाल संघमा विवाद देखिएको भन्दै विवाद समाधान गरी महाधिवेशन गर्न निर्देशन दिएको हो ।

    images

    संघको स्थगित भएको महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा अयोजना गरिने तय भएको थियो । संघका अध्यक्ष कुमार पन्तले मन्त्रालयले संघमा हस्तक्षेप गरेको प्रतिक्रिया दिएका छन् । उनले यसको कडा विरोध जनाउने बताएका छन् ।

    यसअघि पनि एनआरएनएको १०औँ महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन परराष्ट्र मन्त्रालयको परिपत्र अनुरुप स्थगित भएको थियो ।

    13CA7FD5-DB0A-4BBD-BD28-2E357F19770B.jpeg

    D68968A7-5EFB-4B5F-AFE1-945328BB197D.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार