मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

एनआरएनए जापान र आईएचएनओको सहकार्यमा प्रदान गरिएको छात्रवृत्ती प्राप्त गर्ने ५० जना नेपाली विद्यार्थीहरुलाई आधिकारिकताको प्रमाण पत्र बितरण

गण्डकी पोष्ट कार्तिक २९, २०७८ सोमबार
  • 431
    SHARES
  • एनआरएनए जापान र आईएचएनओको सहकार्यमा प्रदान गरिएको छात्रवृत्ती प्राप्त गर्ने ५० जना नेपाली विद्यार्थीहरुलाई आधिकारिकताको प्रमाण पत्र बितरण

    जापान,टोकियो ।  

    images

    गैरआवासीय नेपाली संघ(एनआरएनए) जापान र आईएचएनओ(IHNO)को सहकार्यमा प्रदान गरिने छात्रवृत्ती प्राप्त गर्ने नेपाली विद्यार्थीहरुलाई आधिकारिकताको प्रमाण पत्र  बितरण गरिएको छ ।  

     एनआरएनएको समन्वयमा आईएचएनओ(IHNO)को  ५० जना नेपाली विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन। छात्रवृत्तिको रकम प्रतिव्यक्ति अधिकतम प्रतिमहिना ३० हजार  येन प्रदानगरिनेछ भने छात्रवृत्तिको रकम प्रत्येक महिनाको आरुबाइतो को समय अनुसार फरक हुने पनि जनाईएको छ  । हाल सम्म  एनआरएनएको पहलमा झन्डै २५० जना भन्दा धेरै विद्यार्थीहरुले यो सुबिधा प्राप्त गरिसकेका छन् । 
    आईतबार एक कार्यक्रमको आयोजना गरी  छात्रवृत्तिको प्राप्त गर्नेहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । 

    कार्यक्रममा IHNO प्रमुख कोमियामा योसिहारू, एनआरएनए जापानका उपाध्यक्ष संगिता अधिकारी सुवेदी ,महासचिब सिद्धार्थ श्रेष्ठ ,IHNO का नेपाली प्रतिनिधि कमल बास्तोलाको प्रत्यक्ष सहभागिता रहेको थियो भने भर्चुअल माध्यम मार्फत जापानका लागि नेपाली कार्यबहाक राजदुत अम्बिका प्रसाद जोशी ,एनआरएनए आईसिसी कोषाध्यक्ष महेश कुमार श्रेष्ठ र एनआरएनए जापानकाअध्यक्ष शिब प्रसाद पौडेलको सहभागिता रहेको थियो। 

    उपस्थिती अतिथीहरुले छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुलाई बधाई तथा उज्जल भविष्यको लागि शुभकामना ब्यक्त गर्नुभएको थियो । एनआरएनए जापानको तर्फबाट उपाध्यक्ष संगिता अधिकारी सुबेदी तथा  IHNO का तर्फबाट प्रमुख कोमियामा  योसिहारूले मापदण्ड अन्तर्गत पर्न सफल विद्यार्थीहरुलाई सिफारिस लिष्ट र प्रमाण पत्र एक मुष्ठ प्रदान गर्नु भएको थियो भने कार्यक्रममा विद्यार्थीहरुलाई प्रशिक्षण समेत दिईएको थियो। कार्यक्रमको संचालन महासचिब सिद्धार्थ श्रेष्ठले गर्नुभएको थियो।

    1B3B1141-E5B2-4136-8B1A-ABF65D32A2D6.jpegCAC0795F-BD8F-429D-9708-465A48A19C0D.jpeg

     

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार