शुक्रबार, कार्तिक २१ गते २०८३ Friday, 06 Nov, 2026
Follow Us on

Trending

आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन

गण्डकी पोष्ट कार्तिक २५, २०७८ बिहीबार
  • 326
    SHARES
  • आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन

    उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज बिहानबाट छठ पर्व सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ्य दिएपछि पर्व सम्पन्न भएको हो ।

    images

    छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा, अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु लगायतका फलफूल पनि चढाइएको छ । छठ पर्वको व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइने र सन्तान सुख प्राप्त हुने  धार्मिक विश्वास छ ।

    विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी तथा जलाशयहरु सिंगारिएको थियो ।

    कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ्य दिएर छठ पर्व मनाइन्छ । केही वर्ष पहिलासम्म मधेसमा मात्र मनाइने छठ पर्व पछिल्लो समयमा काठमाडौंलगायत काठमाडौंसहित पहाडी जिल्लामा समेत मनाउन थालिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार