शुक्रबार, कार्तिक २१ गते २०८३ Friday, 06 Nov, 2026
Follow Us on

Trending

एनआरएनए जापानले परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई ७ बुँदे ज्ञापनपत्र बुझायो

गण्डकी पोष्ट कार्तिक १६, २०७८ मंगलबार
  • 224
    SHARES
  • एनआरएनए जापानले परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई ७ बुँदे ज्ञापनपत्र बुझायो

    टोकियो,जापान ।  
    गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ।

    images

    मंगलबार परराष्ट्रमन्त्री खड्कालाई भेटगरी विभिन्न सात बुँदाको ज्ञापनपत्र बुझाइएको एनआरएन जापानका महासचिव सिद्दार्थ श्रेष्ठले जानकारी दिनुभयो ।  

    नेपाल र जापानको ऐतिहासिक सम्बन्धलाई उचित प्रयोग गर्दै जापानमा बसोबास गर्दै आइरहेका नेपालीहरुको लाभका लागि ध्यानआकर्षण गर्दै ज्ञापनपत्र बुझाएको श्रेष्ठले बताउनुभयो ।

    एनआरएन जापान जापानका अध्यक्ष शिव प्रसाद पौडेल, उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, राजकुमार अधिकारी, यूवा संयोजक राकेश रुम्बा,  एनआरएनए जापानका निवर्तमान प्रवक्त्ता पर्शु बस्नेतको टोलीले मन्त्रालयमा भेट गरेको हो।

    भेटमा जापानमा रहेका नेपालीहरुको अवस्था, कोभिड १९ को महामारीमा एनआरएन जापानको भूमिका एवं आगामी दिनको योजनाहरुका बारेमा मन्त्री खड्कालाई अध्यक्ष पौडेलले जानकारी गराउनुभएको थियो ।

    भेटमा पौडेलले नेपाल–जापान सम्बन्धमा अत्यन्तै राम्रो रहेको भन्दै जापानबाट नेपालीहरुले लिन सक्ने सुविधाहरुका बारेमा स्पष्ट पार्नुभएको थियो ।

    नेपाल–जापानको लागि नेपाल एयरलाइन्सले हवाई टिकटमा चर्को भाडादर कायम गरेकोले भाडादरमा समायोजन गर्न परराष्ट्रमन्त्री खड्कालाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ।

    8DE519FE-B35F-431C-915E-C8F9D14BD65C.jpegCB687ABA-8C8F-4999-8496-C9CD4B6B0440.jpeg7216F0ED-DC19-4801-929E-C0B89A502156.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार