जपानको फुकुओका सिटिमा बसोबास गर्ने नेपालीहरुलाई मध्यनजर गर्दै फुकुओका बाणिज्य दुताबास र एनआरएनए क्युस्युको संयुक्त आयोजना तथा फुकुओका सिटी, फुकुओका योकातोपिया जाइदान र फुकुओका अध्यागमन ब्यूरोको सहकार्यमा लिभिङ्ग सर्पोट सम्बन्धी सेमिनार भब्य रुपमा सम्पन्न भएको छ।
कार्यक्रममा इमिग्रेसनसंग प्रत्यक्ष रुपमा समस्या राख्न पाउने र व्यक्तिको व्यक्तिगत समस्या बारे छुट्टै परामर्शको समेत व्यवस्था गरिएको एनआरएनए जापान क्युस्यु क्षेत्रीय समितिका संयोजक अर्जुन थापाले जानकारी दिनुभयो । इमिग्रेसनको प्रक्रिया ,नीतिहरु र कार्यक्रम बारे थोरै भएपनी जान्ने अवसर प्राप्त गर्नु को साथै इमिग्रेसनका कार्यबारे जनस्तरमा बहसको सुरुवात भएको अनुभूति भएको बताईएको छ। आगामी दिनहरुमा इमिग्रेसन संग हातेमालो गर्दै हाम्रो समस्याहरुलाई बैचारिक ढंग बाट प्रस्तुत गर्नका निमित्त लागि पर्ने पनि संयोजक थापाले जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रहरी कार्यालयको अनुरोध बारे पनि प्रस्तुति राखिएको थियो। जसमा सवारी नियम लगायत अन्य विषयमा चर्चा गरिएको थियो।
कार्यक्रमको भाषा अनुवादको रुपमा एनआरएनए क्युस्यु सूचना केन्द्रका सदस्यहरु बिनोद सुनुवार, बिकाश श्रेष्ठ र कार्यसमिति उपसंयोजक भिम बहादुर गुरुङ रहनुभएको थियो । ब्यबस्थापन एवं समन्वयनकारी भूमिका निर्वाह गर्नुभएकोमा फुकुओका बाणिज्य दुताबासका सचिब दिपक देवकोटा तथा बाणिज्यदुत किमोतो यूईचीरोज प्रती बिशेष धन्यवाद ज्ञापन गरेको संयोजक थपाले बताउनुभयो ।
त्यस्तै हाम्रो नेपाल हामी नेपाली अभियानका प्रमुख संयोजक धर्मराज अधिकारी ,एनआरएनए आइसीसी निवर्तमान सदस्य एवं एसिया प्यासिफिक उपसंयोजक पदका उम्मेदवार टंक गैरे ,एनआरएनए क्युस्युका पुर्व संयोजक किरण बर्मा र निवर्तमान संयोजक एवं एनआरएनए जापानका सचिब देवराज उप्रेती सल्लाहकारहरु सुन्दर मणि रेग्मी र प्रदीप श्रेष्ठ लगायतको बिशेष सहभागिता रहेको थियो ।
कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने फुकुओका सिटी, फुकुओका योकातोपिया जाइदान र फुकुओका अध्यागमन ब्यूरो लगायत सम्पूर्ण महानुभाबहरुलाई हार्दिक आभार व्यक्त गरेको थियो ।












(2).gif)
