टोकियो,जापान।
एनआरएनए जापानले अब हरेक महिना एउटा जानकारी मुलक तथा सु-सुचित सामाजिक अभियान ” एनआरएनए मेरो साथी” कार्यक्रम गर्नेभएको छ । अभियान अन्तर्गत जापानबासी नेपालीहरुलाई दैनिक जीवन यापनमा सहज बनाउन र भबिष्य निर्माणका लागी जापानमा भएको अबसर र त्यसको चुनौतीहरुका बिषयमा सबैमा सु सुचित गराउने मुख्य उद्देश्यका साथ हरेक महिना एउटा प्रभावकारी कार्यक्रम गर्नेगरी तयारी गरिएको एनआरएनए जापानका सचिब श्याम सितल श्रेष्ठले बताउनुभयो ।
अभियानको पहिलो श्रृङखला यही अक्टोबर २३ तारिख “जापानमा विद्यार्थीहरुको अवसर र चुनौती” विषयक एक विशेष कार्यक्रम आयोजना गर्नलागिएको पनि सचिब श्रेष्ठले जानकारी दिनुभयो ।
“जापानमा विद्यार्थीहरुका अबसर र चुनौती” भन्ने बिषयमा बिज्ञहरु डा. बेद काफ्ले ,जिज्ञान कुमार थापा, डा. बिष्णु प्रसाद गौतम,डा.सरोज कंडेल र सुसिला पौडेलले आफ्ना धारणा र अनुभव सहित सहभागिता जनाउनुहुने बताईएको छ ।
भर्चुअल माध्यमबाट हुने कार्यक्रमलाई जापानबाट संचालित बिभिन्न अनलाइनहरुले प्रत्यक्ष प्रसारण गर्ने बताईएको छ । कार्यक्रम गण्डकीपोष्ट डट कमको फेसबुक पेजबाट पनि प्रसारण हुनेछ ।

(2).gif)
