शुक्रबार, कार्तिक २१ गते २०८३ Friday, 06 Nov, 2026
Follow Us on

Trending

जापानको साईतामा केनमा बाग्लुङका मोहन गौतमको कोरोनाका कारण मृत्यु

गण्डकी पोष्ट आश्विन २७, २०७८ बुधबार
  • 2.6K
    SHARES
  • जापानको साईतामा केनमा  बाग्लुङका  मोहन गौतमको कोरोनाका कारण मृत्यु

    दशैको मुखैमा बाग्लुङका एक पुरुषको मंगलवार साझ जापानमा मृत्‍यु भएको छ  ।बाग्लुङ नगरपालिका  वडा नम्बर ७ गैरागाउँ  घर भै हाल जापानको साईतामा केनमा बस्ने मोहन प्रसाद गौतमको मृत्‍यु  भएको हो ।  

    images

    झन्डै २ महिना पहिले कोभिड  संक्रमित हुँदा केही दिन अस्पताममा उपचार पश्चात निको भै घर फर्किएको र केहीदिनमा पुन स्वास्थ्यमा समस्या देखिएपछी अस्पताल पुगेका गौतमको कोरोनाले फोक्सोमा असर गरेकोले मृत्‍यु भएको बताईएको छ  ।  

    गौतमको मृत्‍यु कोरोनाले भएकोले दाहसंस्कार स्थानीय सरकारको तर्फबाट यही शनिबार हुने पारिवारिक स्रोतले जनाएको छ ।  

    करिब ७ वर्ष पहिले देखि जापानमा दक्ष कामदार(कुक) भिषामा रहेका गौतमका श्रीमती र एक  छोरा जापानमै रहेका छन् भने एक छोरी र दुई  छोरा नेपालमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार