शुक्रबार, कार्तिक २१ गते २०८३ Friday, 06 Nov, 2026
Follow Us on

Trending

जापानले गर्यो नेपाललाई ६ वटा एम्बुलेन्स प्रदान

गण्डकी पोष्ट आश्विन १८, २०७८ सोमबार
  • 416
    SHARES
  • जापानले गर्यो नेपाललाई ६ वटा एम्बुलेन्स प्रदान

    नेपाललाई जापान सरकारले ६ वटा एम्बुलेन्स प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

    images

    राज्यमन्त्री श्रेष्ठले जापान सरकारले स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएकामा धन्यवाद दिए । उनले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा पनि जापान सरकारले सहयोग गरेकामा प्रशंसा व्यक्त गरे । उनले नेपाल र जापानबीच निरन्तर सहयोग आदानप्रदान हुनुपर्ने बताए ।

    नेपालस्थित जापानका राजदूत किकुता युताकाले नेपाललाई सबै क्षेत्रमा जापानले सहयोग गर्दै आइरहेको बताए । उक्त एम्बुलेन्स मन्त्रालयले नेपाल एम्बुलेन्स सेवालाई आजै प्रदान गरेको छ ।

    एम्बुलेन्स सेवाका अध्यक्ष डा.प्रदीप वैद्यले प्राप्त एम्बुलेन्सले बिरामीलाई सेवा प्रदान गर्ने बताए । एम्बुलेन्समा प्राथमिक उपचारसहितको सेवा बिरामीलाई दिइने उनले बताए । उनका अनुसार एम्बुलेन्समा एकजना इमर्जेन्सी मेडिकल टेक्निसियन (इएमटी)सहितको प्राथमिक स्वास्थ्य उपचारसमेत गरिन्छ । 

    ‘एम्बुलेन्समा राखेर अस्पतालसम्म लैजाँदा बिरामीलाई केही समस्या पर्नसक्ने भएकाले एकजना इएमटी हुन्छन्,’ अध्यक्ष वैद्यले भने, ‘ती इएमटीले बाटोमा बिरामीलाई केही समस्या परे भने उपचार गर्दछन् ।’ 

    एम्बुलेन्समा भेन्टिलेटर, अक्सिजनलगायत स्वास्थ्य सामग्रीसहितको तीन महिना तालिमप्राप्त एक जान इएमटी रहने गर्दछन् । अध्यक्ष डा.वैद्यले अस्पतालसम्म लैजाँदा बिरामीलाई केही समस्या परेमा सामान्य उपचार गर्ने प्राविधिकसमेत एम्बुलेन्समा राखिने जानकारी दिए ।

    आज दिएकासँगै एम्बुलेन्स सेवासँग १८ एम्बुलेन्स हुनेछन् । सो संस्थाले १०२ नम्बरमा फोन गरे २४ घण्टा एम्बुलेन्स सेवा पुर्याउँदै आइरहेको छ । एम्बुलेन्सका लागि अहिले दैनिक ३० सम्म फोन आउने गरेका छन् । एम्बुलेन्स सेवाले काठमाडौंसहित पोखरा र चितवनका पनि सेवा विस्तार गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार