शुक्रबार, कार्तिक २१ गते २०८३ Friday, 06 Nov, 2026
Follow Us on

Trending

लिबरल डेमोक्रेटिक पार्टीका अध्यक्ष फुमिओ किशिदा जापानको १०० औं प्रधानमन्त्रीको रूपमा निर्वाचित

गण्डकी पोष्ट आश्विन १८, २०७८ सोमबार
  • 458
    SHARES
  • लिबरल डेमोक्रेटिक पार्टीका अध्यक्ष फुमिओ किशिदा जापानको १०० औं प्रधानमन्त्रीको रूपमा निर्वाचित

    टोकियो,जापान।

    images

    लिबरल डेमोक्रेटिक पार्टीका अध्यक्ष फुमिओ किशिदा सोमबार जापानको नयाँ प्रधानमन्त्रीको रूपमा संसदबाट निर्वाचित भएका छन् ।

    गत हप्ता सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को नेता बनेका ६४ वर्षीय किशिदा प्रधानमन्त्री हुने निश्चित थियो ।जापानको संसदको दुवै सदनले निर्वाचित गरेसँगै उनले औपचारिक रूपमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन् ।

     किशिदाले संसदको तल्लो सदनमा ४५८ भोट मध्ये ३११ र काउन्सिलर हाउसमा २४१ मध्ये १४१ भोट प्राप्त गरेर आधिकारिक रूपमादेशको १०० औं प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका हुन् ।

    निवर्तमान प्रधानमन्त्री योशिहिदे सुगाको उत्तराधिकारी बनेका किशिदाले यसअघि विदेशमन्त्रीको रूपमा काम गरेका थिए । उनलेमहामारीपछिको अर्थतन्त्रलाई पुनः उत्थान, उत्तर कोरियाबाट हुनसक्ने खतरालगायत कठिन मुद्दाको सामना गर्नुपर्नेछ । साथैमहामारीकाबीच ओलम्पिकको आयोजना गरी लोकप्रियता गुमाएको एलडीपीलाई आउने चुनावमा जिताउने जिम्मेवारी पनि उनकोकाँधमा छ ।

    उनी राजनीतिक परिवारका सदस्य हुन् । उनको बुबा र हजुरबुबा दुवै जापानको प्रतिनिधिसभाको सदस्य थिए । उनी सबैभन्दा लामोसमय काम गर्ने विदेशमन्त्री बने । उनी २०१२ देखि २०१७ सम्म विदेशमन्त्री भएका थिए ।

    आफ्नो सहरमा परेको प्रभाव देखेका हिरोसीमावासी किशिदा परमाणु हतियारको प्रयोगको विरुद्दमा छन् । उनले २०१६ मा हिरोसीमामातत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको भ्रमणको प्रबन्ध मिलाएका थिए । बमले ध्वस्त बनाएको सहरमा अमेरिकी राष्ट्रपतिकोत्यो पहिलो भ्रमण थियो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार