मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

एनआरएनए जापानले जापान सरकारले प्रदान गरेको सहायता रकम ब्यवसायको निरन्तरता र श्रमिकको पुर्ण तलबमा खर्च गर्न अपिल

गण्डकी पोष्ट भाद्र १३, २०७८ आइतबार
  • 413
    SHARES
  • एनआरएनए जापानले जापान सरकारले प्रदान गरेको सहायता रकम ब्यवसायको निरन्तरता र श्रमिकको पुर्ण तलबमा खर्च गर्न अपिल

    टोकियो,जापान ।

    images

    गैर आवासिय नेपाली संघ(एनआरएनए)जापानले जापान सरकारले प्रदान गरेको सहायता रकम आपासी सहमतिको आधारमा व्यवसाय संचालन गर्दै आएका व्यवसायी तथा संचालकहरुलाई सहमतिकै आधारमा सेवा सुविधा उपलब्ध गराई हाल सिर्जित समस्या समाधान गर्नका लागि अपिल गरेको छ । यसका अलया सम्पूर्ण व्यवसायीहरुलाई आफ्ना कर्मचारीहरुलाई जापान सरकारद्वारा तोकिएको कानून बमोजिमको सेवा सुविधा उपलब्ध गराउनका लागि पनि अपिल गरेको छ ।

    जापान सरकारले गरेका अनुरोधहरु पालना गरेबापत व्यवसाय संचालन गर्दै आउनु भएका व्यवसायीहरुलाई जापान सरकारले सहायता स्वरूप आर्थिक सहयोग दिदै आएको सन्दर्भमा अन्य व्यक्तिको नाम बाट आपसी सहमतिमा जापानमा व्यवसाय संचालन गर्दै आउनु भएका व्यक्तिहरूले जापान सरकारले दिदै आइरहेको व्यवसाय संचालन सहायता रकम प्राप्त गर्ने क्रममा व्यवसाय जसको नाममा छ उक्त व्यक्तिहरुले व्यवसाय संचालकलाई नदिएको गुनासोहरू पनि एनआरएनए समक्ष आउनेक्रम बढिरहेकोले यस्ताे नगर्न अपिल गरिएकाे हाे ।

     

    रेस्टुरेन्ट व्यवसाय संचालकहरुले पनि रेस्टुरेन्टहरुमा कार्यरत श्रमिकहरुलाई व्यापार समय अवधि छोटो भएको कारण देखाउदै पुर्ण पारिश्रमिक नदिएको गुनासो आईरहेको हुँदा , यस तर्फ एनआरएनए जापानको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।  

     

    एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल र महासचिव सिद्धार्थ श्रेष्ठद्वारा हस्ताक्षरित अपिल पत्रमा जापान सरकारले दिदै आइरहेको व्यवसाय संचालन सहायता रकम जापान सरकारले व्यवसाय संचालनमा सहयोग गर्ने उदेश्यले प्रदान गरेको हुँदा उक्त रकम अन्यत्र खर्च नगरिकन व्यवसाय संचालन कार्यमा खर्च गर्नुहुनका हार्दिक अपिल गर्दछौं भनिएको छ । 

     

    झट्ट हेर्दा यि उल्लेखित कुराहरु सामान्य लाग्न सक्लान तर हामी सबैले समयमै मनन् गरि सोहि अनुरुपको व्यवहार गरेनौं भने पछि , ठूला र कानुनीरुपमा जटिल समस्याहरु पनि आइपर्न सक्ने हुँदा समयमै सचेत हुन अपिल गरेको छ।

     

    वर्तमान कठिन परिस्थितिमा आफु र आफ्नाहरुलाई संक्रमण हुनबाट जोगिनु र जोगाउनु नै विश्व मानव समुदायको उत्थानमा हामीले निर्वाह गर्न सक्ने एकमात्र महत्वपूर्ण भूमिका भएकोले सम्पूर्ण जापानबासी नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुलाई थप उच्च सतर्कता अपनाउँदै संक्रमण नियन्त्रणमा जापान सरकारका आग्रह र अनुरोधहरुलाई पूर्ण पालना गर्दै आ-आफ्नो सुरक्षित दैनिकी संचालन गर्नका लागि पनी एनआरएनए जापानले अनुरोध गरेको छ ।

    FB_IMG_1630176494018.jpg

     

  • सम्बन्धित विषय:

  • # NRNA_JAPAN
  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार