जन्मदिनको अवसरमा आफ्नो जन्मगाउँमा स्वास्थ्य सामाग्री बितरण

 
टोकियो, जापान।
मालिका समाज जापानका अध्यक्ष तथा बागलुङ समाज जापानका उपाध्यक्ष गुरू प्रसाद सापकाेटाले आफ्नो जन्मदिनको अवसरमा आफु जन्मेको गाउँमा स्वास्थ्य समाग्रीहरु पठाएर आफ्नो गाउँ आफै जोगाउँ भन्ने सन्देश दिनुभएको छ ।
 
     विश्वनै कोरोना भाइरसले आक्रान्त भैरहेको समयमा धेरै नसकेनी जन्मदिनलाई रमाईलो गरी मनाउनु भन्दा पनि गाउँलाई सुरक्षित गराउन मन आएकाले जन्मदिनमा गरिने खर्चमा थप गरी आफ्नो जन्मगाउँमा वितरण गरेको सापकोटाले वताउनुभयो । 
     १३ बर्ष पहिले देखी जापानमा रही रोजगार हुँदै हाल ब्यवसाय गर्दै आउनुभएका समाजसेवी सापकोटाले अभिभावक र समाजसेवीहरुको उपस्थितीमा दैनिक आवश्यकता पर्ने स्वास्थ्य सामाग्री वितरण भएको जानकारी दिनुभयो।
   सर्जिकल मास्क ३५ हजार, सेनिटाइजर आधा लिटरका ६५ थान, डिजिटल थर्मोमिटर ६५ थान र पल्स अक्सीमिटर ६ थान बितरण गरीएको थियो।
  कोभिड–१९ बाट आफ्नो गाउँ र इष्टमित्र पुर्ण सुरक्षित रहुन भन्ने उद्देश्य लिई बागलुङ नगपालिका ५ मालिका साविक वडा नं. २  बान्द्रे अडाईथरका करिब ६२ घरधुरी, बालविकास केन्द्र, मन्दीर लगायतका सार्वजनिक संघसंस्थामा पुग्ने गरी स्वास्थ्य समाग्री वितरण गरेको कार्यक्रम व्यवस्थापनको संयोजक गर्नुभएका स्थानीय धनराज सापकोटाले बताउनुभयो।
 सापकोटाको जन्मदिनको अवसरमा बुबा बाबुराम सापकोटा ,आमा पुतली सापकोटा, वडा अध्यक्ष शिवप्रसाद सापकोटा लगायतका स्थानीय अगुवाहरुको सहभागीतामा घरदैलो गरी उक्त सामाग्रीहरु वितरण गरिएको थियो । आफ्नो छोराले यसरी हामी र गाउँलाई सम्झेर कोरोनाको आपतमा यस्ता सामान पठाएकोमा आफूलाई खुसी लागेको बुबा बाबुराम सापकाेटाले बताउनुभएको थियो । यसैगरी जन्मदिनमा आफूहरुलाई सम्झेकोमा सहयोगी गुरूप्रसाद सापकोटाको उन्नती प्रगती र दीर्घायुको कामना गाउँबासीले गरेको संयोजक धनराज सापकोटाले बताउनुभयो।
 सापकाेता सहित उँहाकी श्रीमती ,दुई छोरा र एक छोरी जापानमा रही बिभीन्न पेशा व्यवसाय तथा अध्ययनमा संलग्न हुनुहुन्छ।

 

 
 
 
 
 
 
 
 
 
 

मालिका समाज जापानका अध्यक्ष गुरु प्रसाद सापकोटा सँगको बिशेष बहस । ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु