एनआरएनए जापानले कोरोनाबाट बढी प्रभावित बाँके जिल्लालाई ५ लाख सहयोग गर्ने

टोकियो ,जापान ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको सचिवालयको आकस्मिक बैठकले  कोरोना बाट प्रभावित बाँके जिल्लालाई ५ लाख सहयोग गर्ने निर्णय गरेकोछ। साथै बैठकले एनआरएनए आइसीसीले सुदुर पश्चिममा उपलब्ध गराउने Blood Bank Bus को लागी पनी नेपाली एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेकोछ ! 
 
बाँके जिल्ला र उक्त जिल्लामा अवस्थित भेरी अञ्चल हस्पिटलमा  कोभिड-१९ को संक्रमण बाट संक्रमित बिरामी अत्याधिक रुपमा रही गम्भीर स्थिति रहेकोले सहयोग कहा र कसरी गर्ने भन्ने वारे सम्बधित हस्पिटल र स्थानिय निकाय संग समन्वयको निम्ति महासचिव जनक बिक्रम शाही लाई जिम्मेवारी दिने साथै सोही अभियानमा बाँके बर्दिया मैत्री समाजले पनि सहयोग अभियान चलाई रहेकोले उक्त संस्था संग समन्वय गरी सम्भव भय संयुक्त रुपमा सहयोग गर्ने वारेमा प्रवक्ता सिद्धार्थ श्रेष्ठलाइ जिम्मा दिने निर्णय गरेको छ ।
 
बैठकको निर्णय अनुसार एनसीसी जापानले कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई, सल्लाहकार, मानार्थ सदस्य र क्षेत्रीय समितिलाई  स्वैच्छिक सहयोगको लागी अनुरोध गर्ने पनि निर्णय गरेको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु