जापान सरकारद्वारा टोकियो सहित चार प्रान्तमा तेश्रो पटक आपतकाल घोषणा

टोकियो, जापान ।
कोरोना भाइरस बढ्दै जाँदा जापानी प्रधानमन्त्री योशीहिदे सुगाले टोकियो, ओसाका, क्योटो र ह्योगो प्रान्तमा शुक्रबार आपतकालिन अवस्थाको घोषणा गरेका छन् । 
 
दैनिक रुपमा कोरोना सङ्क्रमित बढ्दै जाँदा केन्द्र सरकारले चार प्रान्तमा तेश्रो पटक आपतकाल घोषणा गरेको छ । आपतकाल यही अप्रिल २५ तारीख आईतबार बाट मे ११ तारीख मंगलबार सम्मलाई घोषणा  गरिएको बताइएको छ ।
 
आपतकाल अवधिमा सरकारले मदिरा बिक्री हुने रेष्टुरेन्ट, बार, खाराओगेलाई बन्द गर्नको लागी अनुरोध गरिने छ भने  मदिरा बिक्री नगर्ने सर्तमा रातको ८ बजेसम्म सन्चालन गर्न दिईने पनी बताइएको छ । व्यावसायिक डिपार्टमेन्ट स्टोर, शपिंग सेन्टर, चलचित्र थिएटर र अन्य ठूला व्यावसायिक सुविधाहरू चारवटा प्रान्तमा बन्द गर्न हुने जनाइएको छ ।
भाइरसको फैलावट रोक्न बढी प्रभाबित प्रान्तमा कठोर उपायहरू अवलम्बन गर्दै जाने सरकारको तयारी रहेको छ ।
गत महिनादेखि देशव्यापी नयाँ कोरोना भाईरस संक्रमित व्यक्तिहरूको संख्या लगातार वृद्धि भैरहेको छ र गम्भीर बिरामीहरूको संख्या पनि द्रुत रूपमा बढिरहेको छ। 
 
 ओसाका र ह्योगोमा संक्रमित व्यक्तिहरूको संख्या उच्च स्तरमा छ, र चिकित्सा स्याहार प्रावधान प्रणाली अभूतपूर्व कठिन अवस्थामा छ।  
 

यो भिडियो तपाईको लागि- 

जापानी भाषामा वक्तृत्वकला प्रतियोगीता Nesaj Speech Contest 2021 #日本語スピーチコンテスト



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु