मातृसन्देश डट कमले पाँचौ बार्षिकोत्सव कार्यक्रम सम्मान तथा क्यालेण्डर लोकार्पण गरी मनायो,भिडियो सहित ।

टोकियो, जापान ।
   जापान तथा नेपालबाट संचालित अनलाईन पोर्टल मातृसन्देश डट कमले पाँचौं बार्षिकोत्सव कार्यक्रम सम्मान तथा  क्यालेण्डर लोकार्पण गरी सम्पन्न गरेको छ ।
मातृभूमि प्रती समर्पित डिजिटल पत्रिका मातृ सन्देश डट कम ले टोकियोमा औपचारिक रुपमा भौतिक उपस्थीतमा तथा भर्चुअल माध्यमबाट कार्यक्रम सम्पन्न गरेको हो ।
 
   कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले भर्चुअल रुपमा सुभकामना सहीत सम्बोधन गर्नुहुँदै मातृ सन्देशले नेपाल र जापानको मैत्रीपुर्ण सम्बन्धलाई थप उचाइमा पूर्याउनलाई महत्त्वपूर्ण भुमिका खेल्दै जाने बिश्वास ब्यक्त गर्नुभयो । मन्त्री गुरुङ्गले प्रवाशमा रहेका नेपालीले मातृ भूमी प्रती समर्पित रही नेपालका हरेक गतिविधिमा खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै कोभिड-१९ बाट थप सुरक्षीत र सचेत रहँदै आफ्नो जिम्मेवारी र भुमिका निर्वाह गर्दै अगाडी बढ्न आग्रह समेत गर्नुभएको थियो ।
   
   त्यस्तै जापानका लागी नेपली राजदुत प्रतिभा राणाले पनी भर्चुअल रुपमै सुभकामना सहित जापानमा मातृ सन्देश लगायतका सञ्चारमाध्यमहरुले कोभिड-१९ को अवधिमा निभाएको भुमिका र योगदानको उच्च प्रसंशा गर्नुभएको थियो। राजदुत राणाले  जापानमा पछिल्लो समय कोरोनाका नयाँ-नयाँ प्रकृतीका भाइरसहरू देखा पर्दै आएकोले जापान सरकारले लागु गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरु पुर्ण रुपमा पालना गर्न आग्रह पनी गर्नुभएको थियो ।
   कार्यक्रममा भौतिक रुपमा उपस्थित रही एनआरएनए आईसिसी सदस्य ओम गुरुङ्ग, एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठ , सल्लाहकार तथा निवर्तमान उपाध्यक्ष शिव प्रसाद पाैडेल,नेपाल पत्रकार महासंघ जापान शाखाकी सह-सचिव इन्दिरा खानाल,  नेपाली व्यवसायी संघ जापानका सचिव बाबुराम पाैडेल, आदिवासी जनजाति पत्रकार महासंघ जापानका सचिब फुर्वा शेर्पा, पत्रकार संजीव दाहाल,आदिवासी जनजाती महासंघ जापानका अध्यक्ष संजीव चाम्लिङ्ग, मातृ सन्देशका निर्देशक ददिवाल खड्का भौतिकरुपमा उपस्थीत भै सुभकामना मन्तब्य राख्नुभएको थियाे। भने भर्चुअल रुपमा एनआरएनए जापानका अध्यक्ष देबिलाल भण्डारी, जापानमा रही कानुनव्यवसाय गरिरहनुभएका बलराम श्रेष्ठ, नेपाल पत्रकार महासंघ जापानका पूर्वअध्यक्ष तिलक मल्ल, नेपाल वायुसेवा निगमकी जापान प्रमुख गौरबी चन्द लगायतले शुभकामना मन्तव्य राख्नु भयको थियो ।
 
   शुभकामना मन्तव्य राख्ने वक्ताहरुले मातृशन्देश डट कमले परदेशमा रहेर पनि आम नेपालीलाइ सुसूचित गर्दै सबैको मनमा बस्न सफल भएकोमा प्रशंसा गरेका थिए ।  मातृसन्देशले अतिनै सराहनीय काम गरेको बताउँदै आगामी दिनमा थप जिम्मेवार बन्दै सत्य तथ्य र निष्पक्ष रूपमा समाचार प्रकाशन गर्नुपर्नेमा पनी जोडदिएका थिए।
 
    पाँचौ बर्ष पुरागरेको अवसरमा मातृ सन्देशले विक्रम संवत् २०७८ सालको एक हजार प्रति भित्ते पात्रो प्रकाशन तथा प्रकाशन अवधिमा बिभीन्न क्षेत्र बाट सहयोग गर्ने सहयोगीहरुलाई सम्मान पनी गरेको थियो । 
 
  
    कार्यक्रम मातृ सन्देशका  प्रबन्ध निर्देशक बिजय थकालीको सभापतित्व, सह सम्पादक हिमाल लामाको स्वागत तथा प्रधान सम्पादक शान्त पहरीको संचालनमा सम्पन्न भएको थियो ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु