टोकियोमा नेपालीको लगानीमा नेपाली पाठ्यक्रम सहितको विद्यालयको सुभारम्भ

  टोकियो, जापान ।
  करीब एक लाखको हाराहारीमा नेपाली रहेकाे जापानमा नेपाली पाठ्यक्रममा पढाइ हुनेगरी नेपालीद्वारा संचालित बिद्यालय शुभारम्भ भएको छ । टोकियो र चिबालाई पायक पर्नेगरी यदोगावा सिटीको कोईवामा यही अप्रिल पहिलाे साताबाट पठन पाठन सुरु हुनेगरी हिमालयन इन्टरनेशनल एकाडेमी नामक बिद्यालय सुभारम्भ भएको छ । 
    
    आईतबार बिद्यालयमा पत्रकार सम्मेलन गरी बिद्यालय सुभारम्भ भएको जानकारी बिद्यालय व्यवस्थापन पक्षले गराएको थियो । सुन्दर ,शान्त र मनोरञ्जनात्मक वातावणमा नेपाली, अङ्ग्रेजी र जापानीज भाषामा पढाइ हुने विद्यालयका प्रिन्सिपल शिशिर गौडेलले बताउनुभएको छ ।
    भरपुर रुपमा जापानीज स्रोत ,साधन र प्रविधिको प्रयोग गरी शैक्षिक गतिविधी गरिने हुँदा अभिवावकहरुले आफ्ना छोरा छोरीलाई निर्धक्कका साथ भर्ना गर्नुहुन पनी प्रिन्सिपल गौडेलले अनुरोध गर्नुभएको थियो ।
    
 नेपाल र जापान सरकारको शैक्षिक निति ,नियम र कानुनी मापदण्डमा रही विद्यार्थीको पूर्ण जिम्मेवारि बहन गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नेमा बिद्यालय ब्यवस्थापन समितिले प्रतिबद्धता पनी जाहेर गरेको छ ।
 
   तत्काललाई एक सय विद्यार्थीको क्षमता धान्ने गरी नर्सरी देखी चार कक्षासम्म सन्चालन गर्ने तथा हरेक बर्ष एक-एक कक्षा थप्दै दश कक्षासम्म पुर्याउने उद्देश्य रहेको व्यवस्थापन  समितिका राजन रिजालले जानकारी गराउनु भएको थियो । 
    लामो समयसम्म जापानमा रही शिक्षा , प्रविधि तथा व्यवसायिक क्षेत्रमा रही योगदान पुर्याएका १३ जनाको लगानीमा बिद्यालय सञ्चालनमा आएको हो ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु