ब्लड क्यान्सर पिडित रिजाललाई बलेवा सेवा समाज जापानद्वारा संकलित सहयोग रकम हस्तान्तरण

 बलेवा ,बागलुङ।

ब्लड क्यान्सरबाट पिडित बागलूङ नगरपालिका वार्ड -१३ की गंगा देवि सुबेदी रिजाललाई सहयोग हस्तान्तरण गरिएको छ । 

बलेवा सेवा समाज जापानले संकलन गरेको २ लाख २५ हजार २५ रुपैया आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा बानपा -१३, का वार्ड अध्यक्ष नारायण शर्मा पौडेल र बलेवा सेवा समाज जापानका सचिव अर्जुन लामिछानेले संयुक्तरुपमा पिडितका देवर बिनोद रिजाललाई हस्तान्तरण गर्नुभएको हो ।

पैयुपाटा -७,काभ्रेडाडॉ निवासी २५ वर्षकि गंगा देवी सूबेदी रिजाल लाई बिगत केहि समय अघि देखी ब्लड क्यान्सर को समस्या भई शिक्षण अस्पताल महाराजगंज काठमाण्डूमा उपचार गराई रहनु भएको छ । 

कार्यक्रममा बोल्दै वडा अध्यक्ष नारायण शर्माले समाजले गरेको आर्थिक सहयोगले पिडितको उपचारमा महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बिदेशमा रहेर विभिन्न क्षेत्रमा सहयोग गर्दै समाज विकासमा बलेवा सेवा समाजले अमुल्य योगदान दिएको बताउनुभयो । 

कार्यक्रममा बोल्दै बलेवा सेवा समाज जापानका सचिव अर्जुन लामिछानेले विषम समयमा पनि समाजले सञ्चालन गरेको अभियानमा सहयोग गर्नेलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिने बताउनुभयो । 

कार्यक्रम गणेश मन्दिर ब्यबस्थापन समिति का अध्यक्ष नर प्रसाद शर्मा को अध्यक्षता र लीलाधर रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।



प्रतिक्रियाहरु