एनआरएनए जापान भित्र भएको आर्थिक अनियमितता सम्बन्धी विषयले लियो नयाँ मोड

टोकियो,जापान।
गैर आवासीय नेपाली संघ(एनआरएनए) जापान भित्र भएको आर्थिक अनियमितता सम्बन्धी विषयले यतिबेला जापानबाशी नेपाली समुदायको माहोल तातेको छ ।  
 
हिजो मात्र २०१९–२०२१ कार्यसमितिका २२ जना पदाधिकारी तथा सदस्यको हस्ताक्षर सहित निष्पक्ष छानबिनको माग गदै अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्तलाई लिखित पत्र पठाएपछि बिबादले नयाँ मोड लिएको छ ।
एनआरएन जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठद्वारा प्रकाशीत एक बिज्ञप्तिबाट कार्यसमिति भित्र भएको छलफलमा कसैले पनि बिरोध नगर्ने तर बाहिर आएर गुठगत भेला गरि छानबिनको माग गर्नु संस्थाको बिधान बिपरित भएकोले यस्ता कार्यले संस्थालाई नराम्रो असर गर्ने उल्लेख गर्नुभएको छ ।
आइसिसी अध्यक्ष लाई लेखिएको पत्र सार्वजनिक भय पश्चात उक्त पत्रमा हस्ताक्षर रहेका पदाधिकारी तथा सदस्यहरुले कार्यसमितिको ग्रुपमा हामीलाइ फरक विषय बस्तु बताई अन्य प्रायोजनकको निम्ति हाम्रो हस्तक्षर प्रयोग भयकोमा घोर भर्त्सना गर्दछौं भन्ने प्रतिक्रिया राखेको पनी बिज्ञप्तीमा उल्लेख छ ।
 
  गैर आवासीय नेपाली संघ जापानद्धारा गठित उच्चस्तरिय छानबिन समितिले पनि एनआरएनए भित्र बिभिन्न कार्यकालमा आर्थिक घोटला भएको प्रष्ठ भएपनि कसले कति र कहिले आर्थिक अनियमितता गर्यो त्यो स्पष्ट नपार्दा झन बिबाद बढेको कार्यसमितिको ठहर रहेको समेत प्रबक्ताद्धारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
  प्रवक्ता सिद्धार्थ श्रेष्ठद्वारा जारी बिज्ञप्ती 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु