एनआरएनए जापानका अध्यक्ष माथी लागेकाे आरोपको छानबिनको लागी कार्यसमितिका २२ सदस्यको आईसीसीलाई पत्र

 
 
टोकियो,जापान।
गैर आवासिय नेपाली संघ  (एनआरएनए) जापानका अध्यक्ष माथी लागेकाे आर्थीक अनियमितता सम्बन्धी आरोपको  कार्यसमितिका पदाधिकारी तथा सदस्यले निष्पक्ष छानविनको माग गरेका छन् ।
 
एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीले आर्थिक अनियमितता गरेका विवरणहरु विभिन्न संचार माध्यम, तथा सामाजिक संजालहरुमा आएकोमा दुख ब्यक्त गर्दै गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसीसी) का अध्यक्ष कुमार पन्तलाई निष्पक्ष छानविन गरी सत्य तत्य बाहिर ल्याउन माग गरेका छन् ।
 एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष सहित २२ जना सदस्यद्वारा हस्ताक्षर गरि निष्पक्ष छानबिन गरिपाऊँ भनी आईसीसीमा पत्र पठाईएको  छ ।
 
सामाजसेवा गर्ने नाउँमा कमाउ धन्दा भएको हुन सक्ने आशंका ब्यक्त गर्दै लामो समय देखि विभिन्न निकायहरुमा पिडतका निवेदनहरु दर्ताभएको भए पनि हाल सम्म सुनुवाई हुन न सकेको र उच्च स्तरिय छानविन समितिले गत ६ तारिक सार्वजनिक गरेको प्रतिवेदनमा बर्ष २०१९–२०२१ कार्यसमितिलाई पनि दोषी ठहर गरेकोले आफूहरु पनि शंकाको घेरामा तानिएकोले पुनः एक उच्च स्तरिय छानविन समिति बनाउन नेपाली राजदूतावास, एनआरएनए आईसीसी तथा विभिन्न अभियन्ताहरु समक्ष माग गरिएको पत्रमा उल्लेख छ ।
 
यस कार्यमा संलग्न भई गैर जिम्मेवारीपूर्ण कार्य गरेकाले अध्यक्ष देविलाल भण्डारीले नैतिकताको आधारमा राजिनामा दिएर निष्पक्ष छानविनका लागि मार्ग प्रसस्त गर्न पनी अनुरोध गरिएको छ।
 
महामहिम राजदूत प्रतिभा राणा–नेपाली राजदूतावास टोकियो, एनआरएनए एशिया प्यासेफिक संयोजक–गोविन्द श्रेष्ठ, एनआरएनए एशिया प्यासेफिक उपसंयोजक– पारसमणी पोखरेल र एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीलाई बोधार्थ सहित पत्र लेखिएको छ ।
 
उक्त पत्रमा गत ६ तारिक उच्च स्तरिय छानविन समितिद्वारा एनआरएनए जापानमा विभिन्न चरणमा आर्थिक अनियमितता भएको विवरण बाहिर आएपछि राजिनामा गरेको सार्वजनिक गरेका एनआरएनए सदस्यद्वय सुरेश गिरी र राजेश खनालको समेत हस्ताक्षर रहेको छ।

यस्ताे छ पत्र-



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु