एनआरएनए जापानको सदस्यता बितरण मिती ५ दीन थप गरी अप्रिल ३० सम्म

 

प्रवास

वि सं २०७८ बैशाख ११ शनिवार

टोकियो,जापान ।

 

    गैरआवासीय नेपाली संघ , राष्ट्रिय समन्वय परिषद , जापानले सदस्यता बितरण मिती थप गरेको छ।कार्यसमितिको नियमित बैठकले यहि अप्रिल २५ मा सकिने सदस्यता आह्वानलाई ५ दिन थप गरी अप्रिल ३० तारीक सम्म बढाएको छ । 

 

     एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा २०२१-२०२३ कार्यकालको लागी गत फेब्रुवरी २५ देखि यही अप्रिल २५ सम्म २ महिनाको समयावधी तोकी सदस्यता फारम भर्न अनुरोध गरीएको भएतापनि सदस्यता बितरण बन्द जापानी समय अनुसार अप्रिल ३० तारीक रातको ११ : ५ ९ मा हुने उल्लेख गरीएको छ ।

 

     सदस्यता आह्वान पश्चात बिभीन्न कार्यक्रम , मिडिया मार्फत जापानवासी नेपाली दाजुभाई दिदी बहिनिहरुलाई एनआरएनएको सदस्यता लिई यस अभियानमा जोडिन अनुरोध गरेको थियो । 

      सदस्यता शुल्क जम्मा गरीसक्नु भएको तर सदस्यता फारम नभर्नु भएका महानुभावहरुले पनि तोकिएको मिती भित्र सदस्यता फारम भरि सक्न अनुरोध गरीएको छ । 

 

सदस्यता फारम भरीसक्नु भएको तर आवश्यक कागजात जस्तै सदस्यता शुल्क बुझाएको रसिद , आइडी कार्ड अपलोड नगरीएको , प्रोफाइल फोटो नमिलेको लगायतका समस्या भएका फारम लाई आवाश्यक जानकारी सहित इमेल पठाइसकिएकोले उक्त मिती भित्र आफ्नो ईमेल चेक गरी सदस्यता फारम पुरा गर्न समेत अनुरोध गरिने विज्ञप्तीमा उल्लेख छ । 

 

 

 

      साथै क्षेत्रीय समितिको अधिबेशन मे १५ देखी जुन १५ सम्म सम्पन्न गर्ने र राष्ट्रिय समन्वय परिषदको अधिबेशन जुलाई २५ मा सपन्न गर्ने निर्णय भएको छ । क्षेत्रीय समिति अधिबेशन नियमावली र क्षेत्रीय समिति अधिवेशन सुपरिवेक्षण तथा अनुगमन समिति समेत गठन गरेको छ । 

एनआरएनए जापानका अभियान्ताहरु संग गरिएको कुराकानी पनि हेर्नुहोस ।

एनआरएनएको सदस्यता यसरी बन्नुहोस्, सम्पूर्ण जानकारी सहित । #NRNA​ #NRNAMembership​ #NrnaJapang



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु