गल्कोट स्पोर्टस् क्लव टोकियोलाई सफलतै सफलता फेरी पनि बन्यो प्रथम

खेलकुद

वि सं २०७८ बैशाख १४ मंगलवार
 
गल्कोट समाज क्षेत्रीय समिति नागोया जापानले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट्स
 क्लव टोकियो जापानले हात पारेको छ।
 
अप्रिल २७ तारिक मंगलबार नागोयामा आयोजित प्रतियोगितामा जापानका बिभिन्न स्थानबाट ११ टिमको सहभागिता रहेको थियो। प्रतियोगिताको फाईनलमा गल्कोट स्पोर्ट्स क्लव टोकियो जापान र गुम्बा भलिबल गाईज पुगेका थिए। दुई पोलमा बिभाजित गरेको टाईसिटमा गल्कोट स्पोर्टस् क्लव टोकियो ,गल्कोट समाज जापान र बाग्लुङ समाज जापानलाई आयोजकले एउटै पोलमा राखेको थियो। यी तिनै टीम उपाधि दाबेदार टीम थिए। दुबै उत्कृष्ट बाग्लुङ समाज र गल्कोट समाजको टीमलाई पराजित गर्दै गल्कोट स्पोर्टस् क्लवले बिजयी शुरुवात गरेको थियो। क्वाटर फाईनल बाट बेष्ट अफ फाईब खेलाएको आयोजकले फाईनल खेल भने समय अभाबमा बेष्ट अफ थ्री गरेको थियो।
 
 
गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानमा भलिबलको प्रवन्द्धनमा निरन्तर लागेको संस्था समेत हो।यो जीत संगै जापानमा पछिल्लो समय बिभिन्न संघ संस्थाले आयोजना गरेका  भलिबल प्रतियोगितामा निरन्तर चार पटक सम्म प्रथम स्थान प्राप्त गरेर ईतिहास रच्न सफल भएको छ।
 
 
 यस प्रतियोगितामा प्रथम हुने गल्कोट स्पोर्टस् क्लवले  नगद ३लाख येन ,प्रमाण पत्र,मेडल र रनिङ कप त्यस्तै द्वितीय हुने गुम्बा भलिबल गाईजले नगद २लाख येन ,प्रमाण पत्र,मेडल तथा तृतिय हुने गल्कोट समाज जापानले नगद १ लाख येन प्रमाण पत्र,मेडल प्राप्त गर्न सफल भएको थियो।  बिजयी गल्कोट स्पोर्टस् कल्वका तर्फबाट बेष्ट स्पाईक रेशम बस्नेत र बेष्ट डिफेन्डरको उपाधी मनोज के सीले प्राप्त गरेका थिए।
 
आयोजकले खेलबाट भएको आम्दानीबाट धुर्मुस सुन्तलि फाउण्डेशनले निर्माण गर्न लागेको गौतम बुद्द अन्तराष्ट्रिय रंगशालालाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
 
 

फाइनल म्याच  https://www.facebook.com/galkotsports.clubtokyo/videos/2791431864501872

 
 
गल्कोट समाज क्षेत्रीय समिति नागोया जापानले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट्स
 क्लव टोकियो जापानले हात पारेको छ।
 
अप्रिल २७ तारिक मंगलबार नागोयामा आयोजित प्रतियोगितामा जापानका बिभिन्न स्थानबाट ११ टिमको सहभागिता रहेको थियो। प्रतियोगिताको फाईनलमा गल्कोट स्पोर्ट्स क्लव टोकियो जापान र गुम्बा भलिबल गाईज पुगेका थिए। दुई पोलमा बिभाजित गरेको टाईसिटमा गल्कोट स्पोर्टस् क्लव टोकियो ,गल्कोट समाज जापान र बाग्लुङ समाज जापानलाई आयोजकले एउटै पोलमा राखेको थियो। यी तिनै टीम उपाधि दाबेदार टीम थिए। दुबै उत्कृष्ट बाग्लुङ समाज र गल्कोट समाजको टीमलाई पराजित गर्दै गल्कोट स्पोर्टस् क्लवले बिजयी शुरुवात गरेको थियो। क्वाटर फाईनल बाट बेष्ट अफ फाईब खेलाएको आयोजकले फाईनल खेल भने समय अभाबमा बेष्ट अफ थ्री गरेको थियो।
गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानमा भलिबलको प्रवन्द्धनमा निरन्तर लागेको संस्था समेत हो।यो जीत संगै जापानमा पछिल्लो समय बिभिन्न संघ संस्थाले आयोजना गरेका  भलिबल प्रतियोगितामा निरन्तर चार पटक सम्म प्रथम स्थान प्राप्त गरेर ईतिहास रच्न सफल भएको छ।
 
 यस प्रतियोगितामा प्रथम हुने गल्कोट स्पोर्टस् क्लवले  नगद ३लाख येन ,प्रमाण पत्र,मेडल र रनिङ कप त्यस्तै द्वितीय हुने गुम्बा भलिबल गाईजले नगद २लाख येन ,प्रमाण पत्र,मेडल तथा तृतिय हुने गल्कोट समाज जापानले नगद १ लाख येन प्रमाण पत्र,मेडल प्राप्त गर्न सफल भएको थियो। 
बिजयी गल्कोट स्पोर्टस् कल्वका तर्फबाट बेष्ट स्पाईक रेशम बस्नेत र बेष्ट डिफेन्डरको उपाधी मनोज के सीले प्राप्त गरेका थिए।
आयोजकले खेलबाट भएको आम्दानीबाट धुर्मुस सुन्तलि फाउण्डेशनले निर्माण गर्न लागेको गौतम बुद्द अन्तराष्ट्रिय रंगशालालाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु