टोकियो सहित चार प्रान्तमा रहेको आपतकालको स्थिति मे ३१ सम्म थप, आइची र फुकुओका प्रान्त थपिए

टोकियो, जापान ।

शुक्रबार साँझ जापान सरकारले औपचारिक रूपमा हालको टोकियो र अन्य तीन प्रान्तमा रहेको आपतकालको अवस्थालाई मे महीनाको अन्त्यसम्म विस्तार गर्ने घोषणा गरेको छ।

 

 टोकियो ओसाका, क्योटो र ह्योगो प्रान्तहरूका लागि आपतकालिन अवस्था मे ११ मा समाप्त हुने थियो।

 

 कोरोना भाइरस नियन्त्रणमा आइनसकेको कारणले जापानी प्रधानमन्त्री योशीहिदे सुगाले आपतकाल विस्तार तथा थप गरेका हुन् । मे ११ सम्मलाई तोकिएको आपतकाल टोकियो, ओसाका, क्योटो र ह्योगो प्रान्तमा मे ३१ सम्म पुर्याइएको हो ।

 

 उता आइची र फुकुओका प्रान्तमा पनी मे १२ बाट लागुहुनेगरी आपतकालको घोषणा गरिएको छ। टोकियो सहित चार प्रान्तहरुमा गत अप्रिल २५ तारीख आईतबार बाट मे ११ तारीख मंगलबार सम्मलाई आपतकाल घोषणा गरिएको थियो ।

 

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु