अर्थतन्त्रमा कोरोनाको प्रभाव पूर्णरूपमा हटेको चीनको दाबी

जेठ ४- चीनको केन्द्रीय तथ्याङ्क विभागले अप्रिल महिनामा चीनको आर्थिक परिस्थिति स्थिरताका साथ विकास भएको सार्वजनिक गरेको छ । कोरोना महामारीको नियन्त्रण र आर्थिक तथा सामाजिक विकासलाई अघि बढाउन चीनको अथक प्रयासपछि राष्ट्रिय अर्थतन्त्रलाई स्थिरताका साथ अघि बढेको प्रवृति पछिल्लो तथ्याङ्कले देखाएको हो ।

 

तथ्याङ्क अनुसार जनवरीदेखि अप्रिलसम्म चीनको अचल सम्पत्ति १४३ खर्ब ८० अर्ब ४० करोड चिनियाँ युआन पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.९ प्रतिशत बढी हो ।

 

 

अप्रिलमा चीनमा बेरोजगारी दर ५.१ प्रतिशत रहेको छ जुन अघिल्लो वर्षको तुलनामा ५.१ प्रतिशतले कमी हो ।

 

त्यसैगरी उपभोग्य बस्तुको विक्री ३३ खर्ब १५ अर्ब ३० करोड युआन पुगेको छ । मालसामानको आयात तथा निर्यातको कुल रकम ३१ खर्ब ४९ अर्ब २० करोड चिनियाँ युआन पुगेको छ । चीनमा यो वर्षको अप्रिलमा इन्टरनेट मार्फत् बिक्री सामानहरूको रकम ३७ खर्ब ६३ अर्ब ८० करोड युआन पुगेको छ । सेवामुलक उत्पादनको सूची गत बर्षको सोही अवधिको तुलनामा १८.२ प्रतिशतले बढेको छ ।

 

सन् २०२१ को अप्रिलमा औद्योगिक उत्पादनको थप मूल्य गत बर्षको सोही अवधिको तुलनामा ९.८ प्रतिशतले बढेको छ ।

 

यी सबै सूचकाङ्क चीनको समृद्ध अर्थव्यवस्थाका द्योतक मानिएको सरकारी अधिकारीले जनाएका छन् । सन् २०२० मा कोभिड–१९ का कारण सामान्य प्रभावित बनेको चिनियाँ अर्थतन्त्रमा यो वर्षको सुरूदेखि नै सुधार देखिएको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु