पाँच सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले कम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन प्रतितोला ७९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला ८० हजारमा कारोबार भएको थियो 

छापावाल सुनको मूल्य घट्दा तेजावी सुनको मूल्यमा पनि ५ सय रुपैयाँकै गिरावट आएको छ । यसदिन तेजावी सुन प्रतितोला ७९ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

सुनको मूल्य घट्दा चाँदीको मूल्य एकैदिनमा २० रुपैयाँले कम भएर प्रतितोला ९ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।



प्रतिक्रियाहरु