स्वबियु निर्वाचनको मिति नजिकिदै जादा अखिल (छैठौ) बुटवल बहमुखी क्याम्पस सकृय

माघ २६ - स्वबियु निर्वाचनको मिती नजिकिदै जादा अखिल (छैठौं), बुटवल बहुमुखी क्याम्पसका विभिन्न सम्पर्क समितिका भेला सम्पन्न भएका छन्। भेलामा जिल्ला सचिव शंकर काफिर र जिल्ला सह-सचिव तथा इकाई अध्यक्ष राजन पौडेलले शुभकामना दिनु भएको थियो। अखिल (छैठौं), बुटवल बहुमुखीले स्ववियु निर्वाचन २०७३ लाई मध्यनजर गरेर विभिन्न उप समिति पनि गठन गरेको छ। स्ववियु निर्वाचनका लागि अावस्यक ७५% भन्दा बढी काम भइसकेको र अाजै अथात माघ २७ गते स्नातक तह प्रथम बर्षलाई स्वागत कार्यक्रम पनि राखिएको कुरा युनियन इकाई अध्यक्ष राजन पौडेलले जानकारी दिनु भयो। साथै अाउदै गरेको स्ववियु निर्वाचन अखिल (छैठौं)को जित सुनिश्चित रहेको कुरा जानकारी दिनु भयो । त्यसैगरि जिल्लाका अन्य क्याम्पसहरुमा पनि अाफ्नो गतिविधिहरु तिव्र रुपमा अगाडि बढाएको कुरा जानकारी दिनु भयो।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु