सीके राउतलाई १० दिन थुनामा राख्न जिल्ला अदालत लाहानको अनुमती

जिल्ला अदालत सिराहाले सीके राउतलाई १० दिन थुनामा राख्न म्याद दिएको छ ।

बिहीबार जनकपुरबाट पक्राउ परेका राउतलाई आज अदालतमा उपस्थित गराइएको थियो । राज्य विरुद्धको संगठित अपराधमा मुद्दा चलाउने तयारीमा रहेको प्रहरीले अनुसन्धानका लागि १० दिनको म्याद पाएको इलाका प्रहरी कार्यलय लाहानका डीएसपी राजकुमार केसीले बताए । यसअघि राज्य विरुद्धको अपराधमा विषेश अदालतमा मुद्दा चलाएपनि उनी छुटेका थिए । यसपटक भने संगठित अपराधमा मुद्धा चलाइने भएको छ ।

अदालतले  राज्य विरुद्धका संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धानका लागि १० को म्याद दिएको र  त्यही अनुसार अनुसन्धान सुरु हुन्छ गर्ने  डीएसपी केसीले बताए ।

संगठित अपराध अन्र्तगतको मुद्दा चलाउन ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्था छ । राउतविरुद्ध इलाका प्रहरी कार्यलय लहानले नै मुद्धा दायर गरेकोले त्यहीँको हिरासतमा राखेर अनुसन्धान अगाडी बढाउने बताएको छ । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु