गोरखामा ​एनआरएनएले थाल्यो पुननिर्माण

१८ माघ । गैरआवसीय नेपाली संघले भूकम्पको केन्द्रबिन्दु बारपाकसँगै जोडिएको उत्तरी गोरखाको लाप्राक गाउँ पुननिर्माण थालेको छ ।

सरकारले लाप्राक गाउँको गुम्सीपाखामा १८ दशमलव ३ हेक्टर जमिनमा बस्ती बसाल्न एनआरएनएलाई जिम्मा दिएको खबर आजको नागरिकमा छ ।

तीन आना पैसा क्षेत्रफलमा चार कोठे दुईतले घर बनाएर एनआरएनएले लाप्राकवासीलाई हस्तान्तरण गर्ने योजना छ । ढुंगा, गिट्टी र काठ स्थानीयले उपलब्ध गराउनुपर्ने एनआरएनएसँगको सम्झौतामा छ । तर लाप्रकवासीलाई काठ कहाँबाट जुटाउने भन्ने समस्या आइलागेको स्थानीय राज गुरुङले बताए ।

”गाउँमा जंगल छैन आगलागी भएको रुख काट्न पनि भएन, सबैको घर बनाउनु छ, काठ कसरी पुर्याउनु ?” उनले भने लाप्राकमा काठ पाइदैन । एनआरएनएका अध्यक्ष शेष घले शनिबार लाप्राक पुगेर काठ ढुंगा र गिट्टी गराउनुपर्ने बताएपछि स्थानीय चिन्तित छन् । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु